Bisal Chautari Logo

एपीएफको जर्सी लगाएर अनमोल दमक गोल्डकपको मैदानमा छिर्दा (भिडियो सहित)

- २६ बैशाख २०७५, बुधबार १३:५७ मा प्रकाशित


anmol kc captain nepal movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ बैशाख २६, बुधबार । दमक गोल्ड कपकम अहिले भब्यताको साथ चलिरहेको छ । तर मंगलबारको गेम भने अझ बढी रौनक छाएको थियो । शशष्त्र प्रहरी क्लव (एपीएफ) र नेपाल पुलिस क्लव (एनपीसी) विचको फुटबलमा फरक दृश्य देखियो । ११ नम्बर जर्सीमा पछिल्लो समयका स्टार अभिनेता अनमोल केसी अन्य खेलाडीसागै फुटबल मैदानमा जव प्रवेश गरे, गेम हेर्न आएका यूवतीहरुले हुटिङ गर्न थाले । अनमोलसंगै ८ नम्बर जर्सीमा हास्य अभिनेता विल्सन विक्रम राईपनि देखिए ।
फुटबल खेलमा अनमोल र विल्सन पनि खेलाडीको रुपमा मैदानमा उत्रिएका थिएनन् । यहा त नायक भूवन केसीले निर्माण गरिरहेको चलचित्र ‘क्याप्टेन’को छायांकन भइरहेको थियो । अनमोल एपीएफको खेलाडीको भूमिकामा मैदानमा उत्रिएका थिए भने विल्सन पनि अनमोलको टिमको क्याप्टेनको भूमिकामा ।
खेलाडी परिचयका क्रममा कलाकार सुनिल थापा पनि मैदानमा प्रकट भए । मैदानको माथि ड्रोन क्यामेरा घुमाइएको थियो । कतिपयले अनमोल पनि खेलाडी हुन् कि भन्ने बुझे भने कतिपयले सुटिङ भन्ने थाहा पाए । खेलाडी परिचयसागै निर्देशक दिवाकर भट्टराइले कट भने, यसपछि अनमोल र विल्सन खेल मैदानबाट बाहिर आएर बसे । यस अगाडि यो चलचित्रको छायांकन इलाममा गरिएको थियो । इलामपछि दमकमा आयोजना भैरहेको दमक गोल्डकपमा अर्को दृश्य खिचिएको हो ।
यस भन्दा अगाडीपनि अभिनेता अनमोलको चलचित्र ‘क्याप्टेन’ लुक्स सार्वजनिक भइसकेको थियो । फुटबल खेलको विषयमा बन्ने यस चलचित्रमा अनमोल केसीले ‘क्याप्टेन’ को भूमिका निभाइरहेका छन् । चलचित्रको निर्देशक दिवाकर भट्टराई हुन् । ‘क्याप्टेन’ मा स्थानीय फुटबल खेलाडीले खेल्नेछन् । फुटबल खेलाडीको संघर्ष र उसको परिवारको कथावस्तुलाई लिएर ‘क्याप्टेन’ चलचित्र बनाउन लागेको बताइएको छ ।

anmol kc – एपीएफको जर्सी लगाएर दमक गोल्डकपको मैदानमा छिर्दा || captain nepal movie

News reader : bikram yonghang

edit : Bishal Rai

प्रतिक्रिया