Bisal Chautari Logo

हल पुग्दा अनमोललाई गुलाफको फूल दिदैँ धुरुधुरु रुने देखि भेट्नका लगि दुई दिन कुर्नेसम्म भेटियो (भिडियो सहित)

- २९ माघ २०७४, सोमबार ०९:४७ मा प्रकाशित


Anmol’s fans
विशाल चौतारी समाचार
काटमाडौ, २०७४ माघ २९ सोमबार । सुपर स्टार अनमोल केसीका बहुप्रतिक्षित ‘कृ’ फिल्म हेर्न आइतबार काठमाण्डौको कुमारी हलमा अनमोल आउने भन्दै केहि यूवती हातमा गुलाब लिएर बसेका थिए ।
अनमोल हलमा प्रवेश गर्दै गर्दा उनको नाम लिएर चिच्च्याएका उनीहरुले अनमोललाई गुलाबको फूल दिए । अनमोलले पनि अंकमाल गर्दै धन्यवाद दिए र तस्बिर खिचाए तस्विर लिए लगातै अधिकांश यूवती रुन थाले ।
कुमारी हलमा अनमोल प्रवेश गरेर तस्बिर खिचाउँदै गर्दा छेउकै बाटोको बसबाट पनि यूवती, बालबालिका अनमोललाई देख्ने वित्तिकै झ्यालबाट ‘अनमोल अनमोल’ भनेर चिच्याइरहेका थिए ।
शुक्रबार, शनिबार र आइतबार चलचित्र हलमा अनमोलका यस्ता कैयौ फ्यान भेटिएका छन्, जसले अनमोल केसीको क्रेज बढेको प्रष्ट पार्छ ।
भारतको बैंग्लोर बस्ने छेतेन दोर्जे अनमोललाई भेट्नका लगि दुई दिनसम्म कुरेका छन् । शुक्रबार बिहानै अनमोलको चलचित्र ‘कृ’ हेर्न काठमाण्डौको गोपिकृष्ण हल पुगे । अनमोल हलमा आउँछन् भन्ने आशाले उनी दिनभर नै गोपिकृष्णमै थिए । तर, शुक्रबार अनमोल हलमा पुगेनन् ।
शनिबार बिहानैदेखि उनी फेरि गोपिकृष्ण पुगे । अनमोल आउने आशामा बसेका उनले आफ्ना सर्वाधिक प्रिय कलाकारलाई दिउँसो सवा १ बजे हलमा त देखे तर चित्त वुझ्दो तरिकाले तस्बिर खिच्न पाएनन् । अनमोलसँग तस्बिर खिच्न नपाएका उनले निर्माता सुवास गिरीसँग भने९‘मैले अनमोलसँग तस्बिर खिच्न पाइनँ भने उसको अबदेखि कुनै पनि चलचित्र हेर्दिनँ ।’
आइतबार चलचित्रको विशेष शोमा कुमारी हल नै पुगेका छेतेनले अनमोलसँग राम्रो तस्बिर खिचाए । बल्ल उनको चित्त वुझ्यो । उनले अनमोलका सबै चलचित्र हेरेको र आफू सबैभन्दा ठुलो फ्यान भएको बताए ।
छेतेन त एक उदाहरण मात्र हुन् । चलचित्र रिलिजको समयमा मात्र दर्शकमाझ पुग्ने अनमोल केसीका गज्जब गज्जबका फ्यान भेटिने गर्छन् ।

भिडियो हेर्नुहोस

 

प्रतिक्रिया