Bisal Chautari Logo

म.म. खाने प्रलोभनमा बलात्कृत भई ११ वर्षीय बालिका

- २३ भाद्र २०७४, शुक्रबार ०६:४४ मा प्रकाशित


A 11-year-old girl was raped
विशाल चौतारी समाचार
हेटौडा, २०७४ भाद्र २३ शुक्रबार। ११ वर्षिय बालिकालाई जबरजस्ती बलात्कार गरी फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ ।
                                                                                                                                  फाइल फोटो

मकवानपुर ईन्द्रसरोवर गाउँपालिका वडानंम्बर ८ घर भई हाल हेटौडा ९ लामसुरे बस्ने २९ वर्षका श्रीराम कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । भदौ ३ गते नाबालिकालाई कार्कीले मम खान जाउँ भनी फक्काई फुल्याई रातोमाटे जङ्गलमा लगी जवरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बिकाशराज खनालले बताए ।
फरार भएको घटना सम्बन्धमा निरन्तर मोटरसाइकल तथा निजको हुलियाको आधारमा अनुसन्धान गर्दै जाँदा लामो समयको कठिन अनुसन्धानपछी पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक मधुकर थापाले बताए ।

प्रतिक्रिया