आँचल आईन अनुपको शहर (भिडियो सहित)

Anoop Bikram Shahi and Aanchal Sharma
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ भाद्र २४ मंगलवार।
नायक अनुप बिक्रम शाही र नायिका आँचल शर्मा अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक ‘तिम्रो शहर’ बोलको गीतमा साहिमा श्रेष्ठको स्वर रहेको छ भने दिपक शर्माको संगीत तथा अमर बान्तुको शब्द रचना रहेको छ ।
चलचित्र निर्देशक बसन्त निरौला निर्देशित यस गीतको भिडियोमा नायिका शर्मा नायक शाहिलाई भेट्न उनको शहर आएकी छन् ।

आँचलले धेरै कोशिस गरेपछि मात्र अनुपले उनको प्रेम स्विकारेका छन् । गीतमा आँचलले आकर्षक नृत्य समेत गरेकी छन् ।
भिडियोमा पबित्रा आचार्यको कोरियोग्राफी रहेको छ । दिव्य सुवेदी सिनेमाटोग्राफर रहेको यस भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । आकर्षक स्थलहरुमा छायांकन गरिएको यस गीतले इन्टरनेटमा रिलीज भएसँगै तारिफ पाईरहेको छ ।