Bisal Chautari Logo

एप्पल वर्लडले दशैं, तिहारका बिजेतालाई स्कुटर प्रदानगर्दै भ्यालेन्टायन डे मोबाइल एक्सचेन्ज अफर ल्यायो

- १८ माघ २०७३, मंगलवार ०६:२१ मा प्रकाशित


Apple World Mobile prize distribution at CTV mobile Store at Durbarmarg
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७३ माघ १८ मंगलबार ।  एप्पल वल्र्ड प्रालिले मोबाइल खरिदमा बिभिन्न स्किमहरु सुरु गरेको छ । भोलिदेखि आगामी फागुन १० गते सम्मकालागि एक्सचेन्ज अफर ल्याइएको कम्पनीले जनाएको छ ।
Apple World Mobile prize distribution at CTV mobile Store at Durbarmargदरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइलले सस्तो मूल्यमा मोबाइलको कारोबार गरिरहेको प्रेस बिज्ञप्तिमार्फत जनाएको छ । दशैं र तिहारको समयमा मोबाइल खरिद गर्ने मध्ये लक्कि ड्रका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रममा भ्यालेनटाइन डे नजिकिदै गर्दा आफ्ना प्रेमीप्रेमिकालाई उपहार दिन मिल्ने गरी अफर ल्याएको कम्पनीले जनाएको छ । जुनसुकै मोबाइलमा पनि विशेष छुट तथा मोबाइल मर्मतमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिइएको एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।
६० मिनेटमै मोबाइल मर्मतको सुविधा दिइरहेको एप्पल वर्ल्ड मोबाइलले भ्यालेन्टाइन डे सम्मकालागि जुनसुकै पुरानो मोबाइल एक्सचेन्ज गर्दै नयाँ मोबाइल खरिद गर्ने मौका दिएको छ ।
Apple World Mobile prize distribution at CTV mobile Store at Durbarmarg (4)यसैगरी एलजीको एल ६० मोबाइल किन्दा अर्को त्यही मोबाइल फ्रिमा दिने अफर पनि ल्याएको छ ।
त्यस्तै युएमआई ४ जिबी र्याम र ६४ जिबी स्टोरेज रहेको सुपर मोबाइलको खरिदमा युएमआइकै लण्डन मोबाइल सित्तैमा दिने भएको छ ।
दशैं र तिहारको समयमा मोबाइल खरिद गर्ने मध्ये एक जना बम्पर प्राइज बिजेता जनकले पाएका छन् भने उनलाई सोमबार नै फसिनो स्कुटर प्रदान गरिएको छ । मुख्य विजेतालाई पुर्व मिस नेपाल अस्मी श्रेष्ठले स्कुटर प्रदान गरेकी थिइन् । यसैगरी सामसुङको ४६ इन्च टिभी बेनु प्रसाइले पाइन् भने हुवावेको पि ९ मोबाइल कुमार चन्दले पाए ।
Apple World Mobile prize distribution at CTV mobile Store at Durbarmarg (3)यसैगरी विभिन्न कम्पनीका मोबाइल तथा अन्य पुरस्कार पाउन सफल हुनेहरुमा खगनाथ नेपाल, प्रमोद न्यौपाने, गंगा कार्की, जनार्दन गौतम, विद्या लामा, पुष्पराज भट्ट, सुन्दर मल्ल, विवेक राई, मदन गिरी, देवेन्द्र डंगोल, विपिन काडेल, सुजाता संयुक्ता रहेका छन् ।
बिजेताहरुलाई पुर्व मिस नेपाल अस्मी श्रेष्ठ, नेपाली सिने क्षेत्रका कलाकार निरजन थापा, दिपक घिमिरे, फूटबलर अन्जन केसी लगायतले उपहार दिएका थिए ।

Apple World Mobile prize distribution at CTV mobile Store at Durbarmarg (2)

Apple World Mobile prize distribution at CTV mobile Store at Durbarmarg (5)

Apple World Mobile prize distribution at CTV mobile Store at Durbarmarg (1)

प्रतिक्रिया