Bisal Chautari Logo

अर्चना पनेरू उनकी आमा सहित डान्सबारबाट पक्राउ

- ३ आश्विन २०७४, मंगलवार १२:४४ मा प्रकाशित


Archana Paneru with her mother Arrest ,from the dance station
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज ३ मंगलबार । पोर्नस्टार बन्छु भन्दै हिँडेकी अर्चना पनेरू उनकी आमा सहित नयाँ बसपार्कबाट पक्राउ परेका छन् । सोमबार राति डान्स बारमा मदिरा सेवन गरी होहल्ला गरेपछि उनीहरू पक्राउ परेका हुन् ।

उनीहरू बसपार्क्स्थित मुन वाकर डान्सबारबाट पक्राउ परेकी हुन । राती १२ बजे मदिरा सेवन गरेर हल्ला गरेपछि अर्चना पनेरू र उनकी आमा सुनिता पनेरू पक्राउ परेको महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कका प्रहरी निरीक्षक हरिहर सुनुवारले जानकारी दिए ।
सुनुवारका अनुसार उनीहरूले सीमा नाघेर होहल्ला गरेपछि स्थानीयको खबरमा पक्राउ गरेको बताए । उनले सार्वजानिक अपराध अनुसार उनीहरूलाई कारबाही अगाडि बढाउने समेत जानकारी दिए ।
पछिल्लो समय मुन वाकर डान्सबारमा अनेक गतिविधि हुँदै आइरहेको छ । त्यहाँ कार्यरत कर्मचारीलाई तलब दिनुपर्छ भन्दै अपहरण शैलीमा उठाएर कुटपिट गरेको समेत पाइएको छ ।

 

प्रतिक्रिया