Bisal Chautari Logo

मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपमा, हेर्नुहोस् छनोछ हुदाको रोचक फोटोहरू

- २५ आश्विन २०७४, बुधबार ०८:२० मा प्रकाशित


Argentine World Cup
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २५ बुधवार । लिओनल मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिना रुस विश्वकपमा छनोट भएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ गोल अन्तरले हराएको हो । यो जितसँगै अर्जेन्टिना२८ अंकका साथ तेस्रो भयो ।
विश्वकै उत्कृष्ट खेलाडी लियोनल मेसी अर्को वर्ष रुसमा हुने विश्वकपमा अनुपस्थिति हुने डर भने मंगलबार समाप्त भएको छ ।
घरेलु मैदानमा भएको खेलमा इक्वेडरले पहिलो मिनेटमा नै इब्राको गोलबाट अग्रता लिएको थियो । १२ औं मिनेटमा बराबरी गोल गरे । लगातार २० औं मिनेटमा मेस्सीले दोस्रो गोल गरे । ६२ औं मिनेटमा ह्याट्रिक गर्दै अर्जेन्टिनाको जित सुरक्षित पारे ।

प्रतिक्रिया