Bisal Chautari Logo

मेस्सी विनाको खेलमा अर्जेन्टिजना र्हायो, एग्युरो ड्रेसिङ रुममा बेहोस

- २९ कार्तिक २०७४, बुधबार ११:४१ मा प्रकाशित


Argentine’s defeat with out Messi 
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २९ बुधवार । अर्जेन्टिना र नाइजेरीयको मैत्रिपूण खेलमा नाइजेरीया बिजयी भएको छ । लिओनल मेस्सी विनाको खेलमा नाइजेरियासँग पराजित भएको हो । खेल नाइजेरियाले ४–२ ले जितेको छ ।
खेलको हाफ टाइममा अर्जेन्टिनाका सर्जिओ एग्युरो ड्रेसिङ रुममा बेहोस भएर उनलाई अस्पताल लगिएको थियो । ३६ औं मिनेटमा एग्युरोले गोल गदै पहिलो हाफमा टिमलाई २–१ को अग्रता दिलाएका थिए । तर, इवाबीले दुई गोद गर्दै नाइजेरियालाई जित दिलाए ।
२९ वर्षीय एग्युरो अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । उनको क्लब म्यानचेष्टर सिटीले भने एग्युरोले होस नगुमाएको र उनलाई चेक गर्न अस्पताल लगिएको बताए । उनी थप चेकअपका लागि क्लब फर्कँदैछन् ।

प्रतिक्रिया