Bisal Chautari Logo

रुसमा हुने विश्वकपका लागि अर्जेन्टिनाको यात्र कठिन बन्दै

- २० आश्विन २०७४, शुक्रबार ०६:२१ मा प्रकाशित


Argentine’s travels are tough for the World Cup in Russia
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २० शुक्रबार । सन् २०३० हुने विश्वकपमा छनोटका लागि अर्जे्न्टिनालाई अर्को धक्का लागेको छ । दक्षिण अमेरिकी छनोट अन्तरगत शुक्रबार भएको खेलमा पेरुले अर्जे्न्टिनालाई गोलरहित बराबरीमा रोकेको छ ।
घरेलु मैदानमा भएको खेलमा मेस्सीले पनि अर्जे्न्टिनालाई जित दिलान सकेनन् । पछिल्लो खेलमा पेरुसँग बराबरी खेलेपछि अर्जे्न्टिनाको विश्वकपमा छनोट हुने सम्भावना कमजोर बनेको छ। यो बराबरीसँगै पेरु १७ खेलबाट २५ अंकका साथ पाँचौं स्थानमा छ भने अर्जे्न्टिनाको समान अंक भएपनि गोल अन्तरका आधारमा छैटौं स्थानमा छ ।
विश्वकै उत्कृष्ट खेलाडी लियोनल मेसी र दुई पटकको विश्व विजेता अर्जे्न्टिना अर्को वर्ष रसियामा हुने विश्वकपमा देखिन्छ कि देखिँदैन भन्ने बहस अहिले चर्चाको विषय बनेको छ।
विश्वकपमा विश्वकै चर्चित खेलाडीको अनुपस्थितीले कस्तो होला त्यो कसैले अनुमान लगाउन सकेका छैनन्। अर्जे्न्टिना अहिले ठीक त्यसै अवस्थाबाट गुज्रिएको छ। अर्को वर्ष हुने विश्वकपमा छनोट हुन सक्छ कि सक्दैन भन्ने विषय अगाडि आएको छ।

 

प्रतिक्रिया