Bisal Chautari Logo

श्रीमतीको घाँटी थिचेर हत्यापछि फरार राजवंशी पक्राउ

- ३ माघ २०७४, बुधबार १०:५७ मा प्रकाशित


Arrested dynasty after arrest of Mrs.
विशाल चैतारी समाचार
झापा, २०७४ माघ ०३ बुधबार । सुरुङ्गा, झापा। श्रीमतीको हत्यापछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–३ का ३३ वर्षीय कमलसिंह राजवंशी रहेका छन् ।

फाइल फोटो

राजवंशी गत असोज ६ गते श्रीमती गंगा राजवंशीको घाँटी थिचेर हत्या गरेर फरार रहेका थिए । उनलाई खोजी गर्ने क्रममा महेशपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस

प्रतिक्रिया