Bisal Chautari Logo

खुल्ला स्थानमा दिसापिसाब गर्दै गर्दाको अवस्थामा पच्चीसजना पक्राउ

- ४ माघ २०७४, बिहीबार १०:५४ मा प्रकाशित


Arrested twenty-five people in the open place while in the open place
विशाल चैतारी समाचार
इटहरी ,२०७४ माघ ४ बिहिबार । सुनसरी जिल्लालाई निकट भविष्यमा नै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा सक्रिय मिशन ओडिएफ अभियानकर्मीले सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका–७ नरसिंहका २५ जनालाई खुल्ला स्थानमा दिसापिसाब गर्दै गर्दाको अवस्थामा आज नियन्त्रणमा लिएका छन् ।

फाइल फोटो

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको मिशन ओडिएफ टोली खुला दिसामुक्त कार्यक्रमलाई सघाउँदै आएको नारी विकास संघसंस्था सशस्त्र र जनपथ प्रहरी एवं स्थानीय सरसफाइ तथा स्वच्छता समन्वय समितिको टोलीले ती मानिसलाई खुला स्थानमा दिसापिसाब गरिरहेको अवस्थामा फेला पारेर बिहानै पक्राउ गरेको अभियानकर्मी ललिता लम्सालले जानकारी दिनुभयो ।
जिल्ला सरसफाइ अभियानसँगै लामो समयदेखि मिशन ओडिएफ अभियानमा सक्रिय डिभिजन कार्यालयका अभियानकर्मीहरु ललिता लम्साल, सुजाता शाक्य, तारा कार्की, मनु सिलवाल नारी विकास संघकी अभियानकर्मी सरिता खनाल तथा सशस्त्र र जनपथ प्रहरी एवं स्थानीय सरसफाइ समितिका पदाधिकारीले ती मानिसलाई नियन्त्रणमा लिएका हुन् ।

प्रतिक्रिया