Bisal Chautari Logo

आर्यनको नजर एलिशाको जवानीमा || ‘च च हुई’ आइटम गीत सार्वजनिक

- १२ आश्विन २०७६, आईतवार १०:५५ मा प्रकाशित


Aryan Sigdel and Alisha Sharma CHACHAHUI Movie Song
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ असोज १२ आइतवार ।
मंसिरको ६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ च च हुई’को दोश्रो गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश आइटम गीतलाई दशैंको अवसर पारेर निर्माणपक्षले सार्वजनिक गरेको हो । सार्वजनिक आइटम गीत ’जवानी’ मा आर्यन सिग्देल र एलिशा शर्मा देखिएकी छिन् । बालाजुस्थित एनएफडिसीमा भव्य सेट लगाएर गीतको छायाँकन गरिएको थियो भने शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

गीतमा निर्देशक साम्तेन भुटिया र बिनय सापकोटाको शब्द रहेको छ भने यसलाई रोशन थापाले संगीत भरेका हुन् । लुटको उध्रेको चोली र जात्राको नोट नोट जस्ता गीत तयार पारेर चर्चामा आएका रोशनले यस गीतमा स्वर पनि दिएका छन् । उनलाई गायनमा सुमन गुरुङले साथ् दिएका छन् । आउँदो मङ्सिर ६ गते प्रदर्शन हुने फिल्ममा निर्देशन र सम्पादन साम्तेनको रहेको छ । चलचित्रमा आर्यनसँगै भोलाराज सापकोटा , मिरुना मगर , माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतको अभिनय छ ।
चलचित्र रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसै चलचित्र मार्फत निर्माणमा आउँदैछन् । यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ । ‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । चलचित्रका गीतमा राजनराज शिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ ।

प्रतिक्रिया