Bisal Chautari Logo

एलिन श्रेष्ठले निर्देशनमा अनिता सुब्बाको ‘जिन्दगी’ सार्वजनिक (भिडियो सहित)

- २८ भाद्र २०७६, शनिबार ०५:३० मा प्रकाशित


Anita Subba song Zindagi
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ भाद्र, २८ शनिबार ।
गायिका अनिता सुब्बाको स्वर रहेको ‘जिन्दगी’ बोलको अफिसियल म्युजिक भिडियो रिलिज भएको छ । संगीतकार हरिश माथेमाको संगीत रहेको गीतको शब्द बिरेन्द्र सुवाल सिंहले लेखेका हुन् भने दिबेश मुल्मीले यो गीतको संगीत संयोजन गरेका छन् ।

भिडियोलाई एलिन श्रेष्ठले निर्देशन गरेका हुन् । श्रेष्ठ चर्चित टिभी रियालिटी शो नेपाल आइडल अनि बुगी उगीका समेत निर्देशक हुन् । निर्देशक एलिनको निर्देशनमा अभिनेत्री रीमा बिश्वकर्माले अभिनय गरेकी छिन् । भिडियोमा निर्देशक एलिनले भोली जस्तो समय आएपनि आजको समयलाई सदुपयोग गरेर जिउनु पर्छ भन्ने देखाएका छन्
शिवराम श्रेष्ठले छयांकन गरेको भिडियोमा माधव बेलबासेको सम्पादन रहेको छ । । गायिका अनिता सुब्बाले यसअघी पनि थुप्रै चर्चित गीतहरु गाईसकेकी छिन् ।

प्रतिक्रिया