Bisal Chautari Logo

घाटीमा खुकुरी प्रहार गरेर पत्नीको हत्या

- १९ मंसिर २०७४, मंगलवार ०८:२९ मा प्रकाशित


 Sword attacking the wife by killing
विशाल चौतारी समाचार
खोटाङ,२०७४ मंसिर १९ मंगलवार । खुकुरी प्रहार गरेर पत्नीको हत्या गर्ने पति जेल चलान भएका छन् । घरायसी विवादका क्रममा ४२ वर्षीय पत्नी राजमायाँ राईको हत्या गर्ने खोटाङ रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका राजकुमार राईलाई सोमबार कारागार चलान गरेको हो ।
                                                                                                                            फाइल फोटो

रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडास्थित ससुराली घरमा बस्दै आएका राईले मंसिर ३ गते ससुराली घरमै श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।
उनले श्रीमतीलाई पछाडिपट्टी घाँटीमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । खुकुरी प्रहारबाट राजमायाँको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरुबीच बेला–बेलामा झगडा हुने गरेको स्थानीयको भनाई छ । राई दम्पत्तीका दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया