Bisal Chautari Logo

चलचित्र ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

- १३ आश्विन २०७६, सोमबार १३:३१ मा प्रकाशित


BAADSHAH JUTT || Nepali Movie Trailer
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ असोज १३ सोमवार ।
स्टारर फिल्म ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक भएको छ। कात्तिक १५ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘बादशाह जुट’ कमेडी र एक्सनले भरिएको छ । चलचित्रको शिर्ष भूमिकामा नायकद्धय सुशिल श्रेष्ठ र अमिर गौतम छन् । आफूलाई बादशाह कल्पना गर्ने यी दुई पात्रको रोचक कहानीमा चलचित्र निर्माण भएको ट्रेलरबाट वुझ्न सकिन्छ ।

चलचित्रमा यी दुइका अलवा रोविन तामाङ, रोशिल खड्का, केइसा रावत, रश्मी पाण्डे, कमलमणी नेपाल लगायतका कलाकारको मुख्य भूमिका छ । अभिषेक कुमारको लेखनमा तयार भएको चलचित्रलाई जोन सिंह रानाले निर्देशन गरेका हुन् । चलचित्रमा राजु कार्कीको छायांकन, दिर्घ खड्काको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी छ ।
चलचित्र ‘बादशाह जुट’ले एक प्रहरी र एक पत्रकारको रमाइलो कथालाई प्रस्तुत गरेको छ ।

प्रतिक्रिया