Bisal Chautari Logo

बादशाह बन्न चाहने एक प्रहरी र पत्रकारको संघर्ष, ‘बादशाह जुट’

- १८ आश्विन २०७६, शनिबार १०:४७ मा प्रकाशित


BAADSHAH JUTT || Nepali Movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ असोज १७ शुक्रवार ।
कार्तिक १५ देखि प्रदर्शनमा आउने चलचित्र ‘बादशाह जुट’ टिमले यतिबेला मोफसल टुर सुरु गरेको छ । हेटौडा हुँदै चितवन पुगेको टिमले त्यहाँ चलचित्र सम्वन्धि जानकारी बाँडेको छ । निर्देशक जोनी सिंह राणा, अभिनेता सुशील श्रेष्ठ, अभिनेत्रीद्वय केइशा रावत, रश्मी पाण्डे र निर्माता हर्क बहादुर कुँवर यस टुरमा सहभागी भएका छन् ।

चितवन प्रेसमिटमा यसै चलचित्रबाट निर्देशनमा डेब्यु गरेका जोनी सिंहले पहिलो खुड्किलोमा आफुले शतप्रतिशत लागि परेर काम गरेको बताए । ‘चलचित्रमा देशमा केहि गर्न खोज्ने प्रहरी र पत्रकार युवाको कथा प्रस्तुत गएका छौँ । कहिँ कतै आतंकवादी आक्रमणको कथा लागे पनि त्यो मूल कथामा पर्देन ।’
निर्देशन राणाको कुरामा सहि थाप्दै निर्माता हर्कबहादुरले भने ‘यी दुई युवाको बादशाह बन्ने संघर्ष र बादशाह बन्न कस्तो खालको काम गर्नुपर्छ भन्ने कुरा चलचित्रले देखाउन खोजेको छ । देशको अराजक राजनीतिदेखि दिक्क भएका नेपालीलाई ‘बादशाह जुट’ले २ घण्टा भए पनि मनोरंजन दिने विश्वास लिएका छौँ ।’
यस्तै अभिनेता श्रेष्ठले चलचित्रमा आफ्नो च्यालेञ्जिङ भूमिका रहेको बताए । अघिल्ला चलचित्र भन्दा फरक र बलियो भूमिका भएकाले ‘बादशाह जुट’को लागि कडा मेहनत गरेको दावी गरे । राम्रो चलचित्रमा दर्शकले रुचाइदिने आशा व्यक्त गर्दै एकपटक हलसम्म पुगीदीन आग्रह गरे । चलचित्रमा सुशीलले एक पत्रकारको भूमिका निर्वाह गरेका छन् ।
मुम्बईमा बस्दै गर्दा नेपाली चलचित्रमा डेब्यु गरेकी केइशाले ‘बादशाह जुट’को स्क्रिप्टले नेपालसम्म तान्न सफल भएको बताइन । भने, अर्की अभिनेत्री रश्मीले आफ्नो भूमिका दमदार भएपनि त्यसबारे खासै बताउन चाहिनन् । प्रहरीको भूमिकामा देखिएकी रश्मिले आफु कथाको ट्वीस्ट भएको बताइन ।
शुक्रबार साँझ सिनेमा युनिटले नारायणी नदि किनारमा कन्सर्ट पनि आयोजना गरेको थियो । दार्जि्लिङको चर्चित तथा लेजेन्ड्री ब्याण्ड ‘मन्त्र ब्याण्ड’सँगको सहकार्यमा उक्त कन्सर्ट समापन गरिएको थियो ।
चलचित्रमा रोविन तामाङ, रोशी खड्का, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको पनि अभिनय छ । भने, प्रियंका कार्कीलाई अतिथि भूमिकामा देख्न सकिन्छ ।
अभिषेक शशी कुमारको लेखनमा निर्मित चलचित्रमा उत्तम हुमागाईंको छायाँकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ ।
एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रमा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेका छन् ।

प्रतिक्रिया