Bisal Chautari Logo

जतिको रीचार्ज त्यत्ति नै क्यास व्याक दिने रीचार्जरको झण्डा सगरमाथाको चुचुरोमा

- ८ जेष्ठ २०७५, मंगलवार १६:३५ मा प्रकाशित


recharge apps nepal
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ जेठ ८, मंगलबार । नेपालमा अनलाइन शपिंग हबमा ठुलो हिस्सा लिने लक्ष्य सहित सञ्चालनमा आएको रीचार्जर एप्सको लोगो अंकित झण्डा विश्वको सार्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराइएको छ । नुनदेखि सुनसम्म खरिदबिक्री गर्न सकिने रीचार्जरको झण्डा सगरमाथा शिखरमा फहराउँदै गर्दा गुगल प्ले तथा एप्पलको एप्स स्टोरमा रीचार्जरको अपडेटेड भर्सन समेत सार्वजनिक भएको छ ।
जति रीचार्ज गर्यो त्यत्ति नै क्यास व्याक दिने नेपालको पहिलो मोबाइल एप्स रीचार्जरको लोगो अंकित झण्डा मे १८ तारिखका दिन सगरमाथा शिखरमा फहराइएको हो । २३ वर्षीय नर्बिन मगरले गत शुक्रबार बिहान सगरमाथा शिखरमा रीचार्जरको झण्डा फहराएर आइतबार काठमाण्डौं फर्किएका छन् । उनलाई रीचार्जर एप्सको निर्माता ग्लोबल की टेक्नोलोजी प्रालिका अध्यक्ष अलाइभ ग्लाइडर तथा प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गरेका छन् ।
मोबाइल, घरजग्गा, होटल, रेष्टुरेण्ट, क्लब तथा फाइनान्स व्यवसायमा सक्रिय अलाइभ ग्लाइडरले अनलाइन शपिंग हबको क्षेत्रमा हात हालेका हुन् । ‘५ वर्षको रिसर्च पछि तयार पारिएको एप्स अहिले ४० हजार भन्दा बढी डाउनलोड भैसकेको छ । नेपालमा रीचार्जरको अरु विकल्प छैन भन्ने सन्देश दिनका लागि धेरै काम गर्दैछौं ।’ ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने ।

bisalchautari tv – add

सबै किसिमका वस्तु तथा सेवा एउटै स्थानबाट खरिद गर्न सकिने रीचार्जरमा अहिलेसम्मकै धेरै पेमेण्ट गेटवे इन्टिग्रेट गरिएको छ । नेपालमा चलन चल्तीमा रहेका अधिकांस पेमेण्ट गेटवेका साथै विभिन्न बैंकहरुको इन्टरनेट बैंकिंगबाट सिधै रीचार्जरको खाता रीचार्ज गर्न सकिन्छ । यसका साथै एससीटी, मास्टर तथा भिसाका डेविट तथा क्रेडिट कार्डबाट पनि रीचार्ज हुने एप्स पहिलो पटक डाउनलोड गरी खाता खोल्दा १ सय रुपैंया क्यास व्याक पाइने छ ।
रीचार्जरमा प्रयोगकर्ताले जति रुपैंया रीचार्ज गर्छन् त्यति नै पैसा क्यास व्याक पाउनेछन् । यसरी पाइने क्यास व्याक रीचार्जर मार्फत सामान खरिद गर्दा प्रयोग गर्न सकिने ग्लोबल की टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले बताए । ‘जति रकम रीचार्ज गर्यो त्यति क्यास व्याक दिने एप्स अहिलेसम्म नेपालमा छैनन् । हामी हाम्रा प्रयोगकर्तालाई शतप्रतिशत क्यास व्याकसँगै हरेक सामान सस्तो मूल्यमा उपलब्ध गराउने अभियानमा छौं ।’ सिंहले भने । यसबाट समय र पैसाको बचत गर्दै मुलुलकको अर्थतन्त्रमा टेवा पुर्याउने रीचार्जरको अभियान पुरा हुने विश्वास लिइएको छ ।
वस्तु खरिद गर्ने मात्र नभई रीचार्जरबाट विभिन्न किसिमका बिलहरु प्नि सहजै तिर्न सकिन्छ । कुनै पनि किसिमको छुट नपाईने किसिमका सेवाहरुको खरिदमा रीचार्जरले छुट दिनेछ । लत्ता कपडाका साथै साइकलदेखि गाडीसम्म किन्न सकिने एप्समा नुनदेखि सुनसम्मका वस्तु उपलब्ध छन् । रीचार्जर एप्प्लको एप्स स्टोरका साथै गुगल प्लेस्टोरमा उपलब्ध छ ।

प्रतिक्रिया