Bisal Chautari Logo

उपहार गाेलले बार्सिलोना विजयी

- २८ चैत्र २०७५, बिहीबार ०४:३६ मा प्रकाशित


BARCELONA BEATS MANCHESTER UNITED BY 1 GOAL

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २८, बिहिवार।
च्याम्पियन्स लिग क्वार्टरफाइनल पहिलो लेगमा अवे गोलको फाइदा उठाउँदै बार्सिलोनाले म्यानचेस्टर भ्रमण सुखद् बनाएको छ ।

म्यानचेस्टर युनाइटेडका लुक शले आत्मघाती गोल गर्दा पहिलो लेग बार्सिलोनाले १–० ले जित्यो । खेलको १२ औं मिनेटमा मेस्सीको पासमा स्वारेजको हेडर क्लियर गर्न लाग्दा शले आफ्नै पोष्टमा गोल गरेका थिए ।

खेल अवधिभर म्यानचेस्टर युनाइटेडले बार्सिलोनाको पोस्टमा एउटा पनि डरलाग्दो आक्रमण बुन्न सकेन । घरेलु मैदान र समर्थकलाई खुसी तुल्याउने स्तरको प्रदर्शन नै हुन सकेन ।

बार्सिलोनाका फिलिप काउटिन्हो र लियोनल मेस्सीको दुई सशक्त प्रहार म्यानचेस्टर युनाइटेडका स्पेनिस गोलरक्षक डेभिड डी जियाले बचाएका थिए ।

बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा हुने दोस्रो लेगमा युनाइटेडलाई अर्को सानदार प्रदर्शनको जरुरत पर्नेछ, जस्तो उनीहरुले अन्तिम–१६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेइनविरुद्ध देखाएका थिए ।

प्रतिक्रिया