Bisal Chautari Logo

स्पानियोलमाथि बार्सिलोनाको शानदार जित, मेस्सीको ३८ औं ह्याट्रिक

- २५ भाद्र २०७४, आईतवार ०७:२९ मा प्रकाशित


Barcelona vs Spaniyol 
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र २५ आइतबार । शनिबार राति भएको खेलमा बार्सिलोनाका उत्कृष्ट खेलाडी लिओनल मेस्सीको ह्याट्रिकसँगै ५–० गोलको फराकिलो अन्तरले स्पानियोलमाथि शानदार जित हात पारेको छ । यससँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले २६ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । ३५ औं मिनेटमा उनले नै दोस्रो गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० ले अगाडि रह्यो ।
६७ औं मिनेटमा गोल गर्दै मेस्सीले ह्याट्रिक पुरा गरे । बार्सिलोनाका लागि उनको यो हो ।
८७ औं मिनेटमा जेरार्ड पीके र ९० औं मिनेटमा लुइस स्वरेजले गोल गरेपछि बार्सिलोना ५–० ले विजयी भयो ।
यो खेलमा १३५ मिलियन पाउण्डमा बार्सिलोना आएकाम ओस्मान डेम्बेलेले डेब्यू गरे । उनी जेरार्ड डेउलोफुको स्थानमा मैदान प्रवेश गरेका थिए र, स्वरेजको गोल पास दिए ।
जितसँगै बर्सिलोना ३ खेलबाट ९ अंकका साथ शीर्ष स्थानमा छ भने रियल मड्रिड ५ अंकका साथ छैटौं स्थानमा छ ।

 

प्रतिक्रिया