Bisal Chautari Logo

स्पेनिस ला लिगा फुटबलमा मेस्सीको ४ गोलसँगै बार्सिलोनाको सान्दार जित

- ४ आश्विन २०७४, बुधबार ०६:४९ मा प्रकाशित


Barcelona’s grand victory
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज  ४ बुधबार । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार पाँचौं जित गरेकाछन्। मंगलबार राती घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एइबरलाई ६–१ ले हराएको हो ।
उक्त खेलमा २० औं मिनेटमा मेस्सीको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ३८ औं मिनेटमा पाउलिन्होले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० ले अगाडि रह्यो ।
५३ औं मिनेटमा डेनिस स्वरेजले गोल गरे । ५९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका मेस्सीले ३ मिनेटपछि ह्याट्रिक पुरा गरे ।
खेलको निर्धा्रित समय सकिन तीन मिनेट बाँकी छँदा मेस्सीले चौथो गोल गरेपछि बार्सिलोना ६–१ ले विजयी भयो । साथै मेस्सीले नाउ क्याम्पमा १३ वर्षमा ३०१ गोल गरेका छन् ।
लगातार पाँचौं जित निकालेको बार्सिलोना १५ अंक सहित शीर्ष स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा मालागालाई ५–० ले हराएको भ्यालेन्सिया पाँच खेलबाट ९ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया