Bisal Chautari Logo

प्रेमी संजोगसँग पहिलो पटक फिल्म खेल्दै बर्षा, यस्तो छ उनीहरुको जोडी

- २७ पुष २०७४, बिहीबार ११:०४ मा प्रकाशित


Barsha playing with the boyfriend Sanjog for the first time
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २७ बिहिबार । लामो समयादेखि प्रेम सम्बन्धान रहेको नयिका बर्ष राउत र पहिलो पटक एकसाथ स्क्रिनमा देखिने भएका छन् ।
अभिनेता शिव श्रेष्ठले निर्माण गर्न लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा वास्ताविक प्रेमी जोडी सँगै देखिन लागेका हुन् ।
प्रेमी कोइरालासँग पहिलो पटक पर्दामा प्रस्तुत हुंन लागेकी बर्षाले नयाँ फिल्मको लागि उत्साहित रहेको बताइन् । ‘मिस्टर झोले’ बर्षाले अष्ट्रेलियाबाट भनिन्, ‘हाम्रो जोडी पहिलो पटक पर्दामा देखिंदैछ । यसको लागि उत्साहित नहुने त कुरै भएन ?’
फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ लाई दीपेश सापकोटाले निर्देशन गर्नेछन् । बसन्त सापकोटाको संगीत रहने फिल्ममा अर्का नायक नरेन खड्काको पनि अभिनय रहनेछ । फिल्मको छायांकन नेपालसँगै केहि विदेशी मुलमा हुनेछ ।

प्रतिक्रिया