Bisal Chautari Logo

‘ब्युटिसियन नेपाल – २०१७’को फोटोसुट सम्पन्न || अन्तिम प्रतिस्पर्धाका लागी ३१ जना छनौट

- १४ चैत्र २०७३, सोमबार १८:२० मा प्रकाशित


Beautician nepal 2017 finalist 31 photoshoot
विशाल चौतारी समाचार
रामकोटको डााडा, २०७३ चैत १५ मंगलबार । एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरिरहेको ‘ब्युटिसियन नेपाल – २०१७’ तेस्रो सिजनका लागी ३१ जना अन्तिम प्रतिस्पर्धाका लागी छनौट भएका छन् । छनौट भएसंगै ‘ब्युटिसियन नेपाल – २०१७’ को फोटोसुट केही दिन अगाडी काठमाडौको सि–डब्लु होटलमा सम्पन्न भएको छ ।
Beautician nepal 2017 finalist 31 photoshoot bishal rai (1)‘ब्युटिसियन नेपाल – २०१७’ को फोटोसुट अफिसियल मिडिया कोर्डिनेटर तथा फाटोग्राफर विशाल राईले गरेका छन् । फोटोसुटका बारेमा बोल्दै आयोजक संस्था एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले फोटोसुटबाट प्रतियोगीहरुले मोड्लिङ फोटोग्राफी सम्वन्धीपनि ज्ञान लिएको बताए ।
महिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटनका गर्ने उद्देश्यले ‘ब्युटिसियन नेपाल – २०१७’को आयोजना गरिएको एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले बताए ।
चैत २६ गते त्रिपुरेश्वरको युनाइटेड वल्ड ट्रेड सेन्टरको ग्लालेक्सी हल काठमाडौमा फाइनल हुन लागेको प्रतियोगितामा एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले अहिले अन्तिम प्रतिस्पर्धीहरुलाई विभिन्न व्यक्तित्व विकास लगायत विषयमा शिक्षा दिइरहेकी छिन् ।

Beautician nepal 2017 finalist 31 photoshoot bishal rai

Beautician nepal 2017 finalist 31 photoshoot bishal rai (2)

Beautician nepal 2017 finalist 31 photoshoot bishal rai (4)

Beautician nepal 2017 finalist 31 photoshoot bishal rai (3)

प्रतिक्रिया