Bisal Chautari Logo

सुधा गुरुङ बनिन् ‘ब्युटिसियन नेपाल – २०१७’ (फोटोफिचर तथा भिडियो सहित)

- २७ चैत्र २०७३, आईतवार ०५:३७ मा प्रकाशित


Beautician Nepal 2017 Winners Sudha Gurung
विशाल राई (विशाल चौतारी समाचार)
तस्बिर तथा भिडियो : विशाल राई
काठमाडौ, २०७३ चैत २७ आइतबार । ‘ब्युटिसियन नेपाल – २०१७’ को उपाधी सुधा गुरुङले जितेकी छिन् । अन्तिम २७ प्रतिस्पर्धीलाई उछिन्दै सुधा गुरुङले ‘ब्युटिसियन नेपाल – २०१७’को ताज पहिरिएकी हुन् । उनलाई पुर्व ‘ब्युटिसियन नेपाल – २०१६’की विजेता कमला अधिकारीले ताज पहिराइदिइन्, भने पहिलो मिस नेपाल रुबि राणा लगायतले ट्रफी प्रदान गरेका थिए । कार्यक्रमका प्रमुख निर्णायक पहिलो मिस नेपाल रुबि राणाले सोधेको अन्तिम प्रश्नको उत्कृष्ट जवाफ दिदै सुधाले उपाधी जितेकी हुन् ।
Beautician Nepal 2017 Winners Sudha Gurungएमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको ‘ब्युटिसियन नेपाल – २०१७’ तेस्रो सिजनमा सुधा गुरुङले ‘ब्युटिसियन नेपाल – २०१७’को उपाधी चुम्दा फस्ट रनरअपको उपाधी सुस्मा बोगटीले आफ्नो शिरमा पार्न सफल भइन् । उता सेकेन्ड रनरअपको उपाधी अश्मिता महर्जनले आफ्नो पोल्टामा पार्दा क्रमश थर्ड रनरअपको उपाधी प्रमिला तामाङ शाहीले र फोर्थ रनरअपको उपाधी क्रिशा पोखरेलले आफ्नो शिरमा पहिरिन सफल भए ।
Beautician Nepal 2017 Winners Sudha Gurung (16)चैत २६ गते काठमाडौ मलको ग्लालेक्सी हल काठमाडौमा भएको फाइनलमा एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले कोरियोग्राफ गरेको प्रतियोगितामा क्रमश सब–टाइटल अन्र्तगत बेस्ट ट्यालेन्टमा सुधा गुरुङले जितिन् । त्यस्तै बेस्ट हेयर भुमिका पन्थि, बेस्ट स्किन संम्झना राई, बेस्ट फोटोजेनिक सुलोचना डंगोल, बेस्ट पर्सनालिटि सुजना बराल, बेस्ट ड्रेस कल्पना लिम्बु सुनुवार, बेस्ट क्याटवाल्क प्रिती अवाले, बेस्ट स्माइल निर्मला विष्ट, बेस्ट डिसिप्लेन कृषा पोखरेल, मोस्ट पपुलर अनुशा लामा, मोस्ट एक्टिभ ममता चौधरीले जितिन् । त्यस्तै मोस्ट कन्फिडेन्ट पुर्णिमा लामा, मोस्ट ब्युटिफुल अनु श्रेष्ठ, मोस्ट इन्टेलिजेन्ट सुस्मा बोगटी, मोस्ट चार्मिङ मिरु बरिया, बेस्ट ब्राइडल विनर बिष्णु मल्ल, बेस्ट मेहन्दी विनर अस्मिता महर्जन, बेस्ट जुरो विनर मालती राई र बेस्ट मेकअप विनर सुधा गुरुङले आ–आफ्नो पोल्टामा पारे ।
Beautician Nepal 2017 Winners Sudha Gurung (20)महिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटनका गर्ने उद्देश्यले आयोजना गरिएको ‘ब्युटिसियन नेपाल – २०१७’को जजहरुमा क्रमश पहिलो मिस नेपाल रुबि राणा, चर्चित कोरियोग्राफर तथा आरजे कला सुब्बा, अभिनेता सुशिल क्षेत्री, हेयर स्टाइलिस सञ्जय आङबोहाङ र मिसेस हिमालयन नेपालकी बिजेता अम्बिका तिमल्सिना रहेका थिए ।
विजेताहरुलाई ताज, ट्रफी, प्रमाणपत्र एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडा, जजहरु, मिस एण्ड मिसेस काभ्रे आइडलका विजेताहरु, मिस एण्ड मिसेस धादिङका विजेताहरु, अफिसियल फोटोग्राफर विशाल राई तथा ब्युटिसियनहरुले प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक नृत्यहरुपनि प्रस्तुत गरिएको थियो ।

Beautician Nepal 2017 Winners Sudha Gurung (18)

Beautician Nepal 2017 Winners Sudha Gurung (22)

Sudha Gurung Beautician Nepal 2017 Winners

Beautician Nepal 2017 Winners Sudha Gurung (24)

Beautician Nepal 2017 Winners Sudha Gurung (25)

Beautician Nepal 2017 Winners Sudha Gurung (26)

Beautician Nepal 2017 Winners Sudha Gurung (1)

Beautician Nepal 2017 Winners Sudha Gurung (2)

Beautician Nepal 2017 Winners Sudha Gurung (17)

Beautician Nepal 2017 Winners Sudha Gurung (15)

Beautician Nepal 2017 Winners Sudha Gurung (14)

Beautician Nepal 2017 Winners Sudha Gurung (12)

Beautician Nepal 2017 Winners Sudha Gurung (13)

Beautician Nepal 2017 Winners Sudha Gurung (11)

Beautician Nepal 2017 Winners Sudha Gurung (10)

Beautician Nepal 2017 Winners Sudha Gurung (9)

Beautician Nepal 2017 Winners Sudha Gurung (8)

Beautician Nepal 2017 Winners Sudha Gurung (7)

Beautician Nepal 2017 Winners Sudha Gurung (6)

Beautician Nepal 2017 Winners Sudha Gurung (4)

Beautician Nepal 2017 Winners Sudha Gurung (3)

Beautician Nepal 2017 Winners Sudha Gurung (21)

Beautician Nepal 2017 Winners Sudha Gurung (5)

प्रतिक्रिया