Bisal Chautari Logo

‘बीर विक्रम २’को टिम पोखरा र चितवनको सफल कन्सर्ट सकेर काठमाण्डौ फर्कियो

- २२ बैशाख २०७६, आईतवार १७:११ मा प्रकाशित


bir bikram 2 movie paul shah
विशाल चौतारी समाचार
काठमाडौं, २०७६ बैशाख २२ आइतबार ।
अभिनेता पल शाह, नाजिर हुसेन, अभिनेत्री वर्षा सिवाकोटी र हास्य अभिनेता बुद्दी तामाङ स्टारर चलचित्र ‘बीर बिक्रम २’को कलाकारसहित निर्माण टिम देश दौडाहमा थियो । पोखरा र चितवनमा कन्सर्ट सकेर आइतबार सिनेमाको युनिट आइतबार काठमाण्डौ फर्किएको छ ।

आगामी जेठ ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बीर विक्रम २’ले गत शुक्रबार पोखरा र शनिबार चितवनमा भव्य कन्सर्ट सम्पन्न गरेको थियो । पोखरा र चितवनमा आयोजित कन्सर्टमा सिनेमाका मुख्य कलाकारहरु पल शाह, बर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्दी तामाङ, बाल कलाकार मनिष, गायक दिपक लिम्बुको सहभागीता रहेको थियो ।

पोखरा र चितवनमा आयोजित कन्सर्टमा सिनेमाका मुख्य कलाकारहरुले ‘पिरतीको मिठो तिर्सना’ बोलको गीतमा नृत्य गरेका थिए । आफुलाई मनपर्ने कलाकार मोफसलमा आउदा दर्शकको चाप कन्र्सटमा बढेको थियो । अभिनेता पल शाहले आफ्ना फ्यानहरुसंग स्टेजबाट सम्बोधन गर्दै सिनेमा हेर्न आग्रह गरे । दर्शकहरुपनि ‘बीर बिक्रम २’को निकै प्रतिक्षामा बसेका छन् ।

मोफसलका दुई सहरमा निमार्ण टिमले कन्सर्टका साथै पत्रकार भेटघाट कार्यक्रको समेत आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै ‘बीर विक्रम २’का निर्देशक मिलन चाम्सले नेपाली सिनेमाको गुणस्तर बढ्दै जादा हलमा दर्शकको उपस्थिती समेत बढेको सुनाए । मिलनले पोखरा र चितवनका दर्शकले नेपाली सिनेमालाई अत्याधिक माया दिएको भन्दै सम्पुर्ण नेपाली सिनेमा प्रेमी दर्शकलाई धन्यवाद दिए ।

प्रतिक्रिया