Bisal Chautari Logo

विर्तामोड पुगेर आकाशले भने पृथक स्वादको प्रेमको आभाष हो ‘ब्ल्याक’

- २२ श्रावण २०७५, मंगलवार १४:२४ मा प्रकाशित


Black Movie Aakash Shrestha and Aanchal Sharma
विशाल चौतारी समाचार
बिर्तामोड, २०७५ श्रावण २२, मंगलबार । आकाश श्रेष्ठ र आँचल शर्मा स्टारर फिल्म ‘ब्ल्याक’ले यतिबेला प्रचारलाई तिब्रता दिइरहेको छ । मोफसलका मुख्य स्टेशन केन्द्रित प्रचार अभियान बोकेर कलाकार सहितको निर्माण टिम यतिबेला पुर्बी नेपालमा छ ।
झापाको मुख्य सहर मानिने बिर्तामोडमा भेटिएका लिड कलाकार आकाश र आँचल फिल्मलाई लिएर उत्साहित देखिए । फिल्म टिमले बिर्तामोडमा पत्रकार भेटघाट गर्दै फिल्मले उठाएको बिषयको बारेमा जानकारी गराएको छ । स्थानिय पत्रकारबाट अन्य फिल्म भन्दा ‘ब्ल्याक’ के कारणले फरक छ भनि आएको प्रश्नमा निर्देशक प्रदिप श्रेष्ठले सबैजसो फिल्मले उठाउने लभस्टोरी कहिँकतै ठोकिन जाने भएता पनि ‘ब्ल्याक’को प्रस्तुती केहि भिन्न भएको दाबी गरे । ‘फिल्मले जिन्दगीका रङहरुको ब्याख्या गरेको छ, निर्देशक श्रेष्ठले भने ।
बोर्तामोड र दमक सकाएर इटहरी पुगेकी निर्मात्री आश्मा पाण्डेले आफु पुर्बकै चेली भन्दै फिल्म निर्माणमा आफ्नो उपस्थितीलाई दरिलो बनाउन र आफुलाई सफल बनाउनको लागी सबै पुर्बेली दर्शकको साथ र सहयोगको अपेक्षा राखिन् । लगानीमा कुनै कन्जुस्याइँ नगरेको र प्रोडक्ट उत्कृष्ट बनेको भन्दै हल पुग्ने दर्शकलाई आफ्नो फिल्मले निराश नबनाउने तर्क पाण्डेको छ ।
‘मानिसको जीवनमा आइपर्ने उतार चढाव सामना गरेर अघि बढ्न चलचित्रले प्रेरणा दिन्छ । पाण्डेले भनिन्,‘ २ करोड बढी लगानी भएको छ, त्यो लगानी उठ्ने नउठ्ने भन्दा पनि समाजमा भइरहेका घटना वरीपरी फिल्म घुमेकोले सकारात्मक सन्देश फिल्मले दिनेमा आशा छ ।’
अभिनेत्री आँचलले ‘ब्ल्याक’ आफुले यसअघि गरेका फिल्म भन्दा भिन्न रहेको भन्दै आफ्नो पुस्ताका सबै दर्शकको प्रतिनिधित्व फिल्मले गरेको दाबी गरिन् । बच्चादेखि बृद्धसम्म सबैलाई समेट्ने किसिमको कथा फिल्मले बोकेको भन्दै पछिल्लो पुस्ताका युवाहरुको जीवन कसरी अन्धकारमा पर्छ र त्यसलाई उज्यालोतर्फ डोर्याउँदा आइपर्ने अनेकन परिस्थितीको वरीपरी फिल्म घुमेको उनको तर्क छ ।
उता केहि समयको अन्तरमा पर्दामा आउँदै गरेका अभिनेता आकाशले युवाहरुको लभस्टोरीदेखि दैनिक जीवन भोगाइको केहि फरक परिवेश फिल्मले बोल्ने भन्दै पृथक स्वादको प्रेमको आभाष ‘ब्ल्याक’ले दिलाउने बताए ।

रिलिज नजिकिँदै गर्दा दर्शकसँग नजिकबाट साक्षात गर्न मोफसल केन्द्रिय प्रचारलाई अघि बढाउने क्रममा ‘ब्ल्याक’ टिम यतिबेला मोफसल यात्रामा छ । सोमबार बिर्तामोड र दमक पुगेको टिमले मंगलबार इटहरी र धरान, बुधबार हेटौंडा, बिहिबार चितवन र शुक्रबार बुटवलहुँदै पोखरा पुगेर स्थानिय सञ्चारकर्मी तथा दर्शकसँगको साक्षात्कारपछि आफ्नो यात्रा टुङ्ग्याउने छ ।
मौनता श्रेष्ठको कथामा बनेको फिल्मका कार्यकारी निर्माता चेतनकुमार पाण्डे हुन् । फिल्ममा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, प्रिया रिजाल, धिरेन शाक्य लगायत लिड रोलमा छन् ।

प्रतिक्रिया