Bisal Chautari Logo

सिनेमा ‘बादशाह जुट’को अफिसियल रिलिज डेट र पोस्टर सार्वजनिक

- २ भाद्र २०७६, सोमबार १०:०१ मा प्रकाशित


Nepali Movie Baadshahjutt
विशाल चौतारी समाचार
काठमाडौ २०७६ भाद्र २ सोमवार।
चलचित्र ‘बादशाह जुट’को सार्वजनिक नयाँ पोस्टरमा फिल्मको प्रदर्शन मिति कात्तिक १ गते उल्लेख गरिएको छ । फिल्म बादशाह जुटको प्रोस्टर र प्रदर्शन मिति हालै मात्र तय गरिएको हो ।

जोनी सिंह राणाको निर्देशनमा तयार भएको चलचित्रको फस्टलुक पनि रिलिज भएको छ । चलचित्रको फस्टलुकमा नायक सुशिल श्रेष्ठलाई प्रस्तुत गरिएको छ । अभिषेक शशी कुमारको लेखनमा तयार भएको चलचित्रमा कृष्ण भारद्धाज र कोशिश क्षेत्रीको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, राजकुमार उप्रेतीको एक्सन, राजु कार्कीको छायांकन, दिर्घ खड्काको सम्पादन छ । चलचित्रमा सुशिल श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइषा राउत, रश्मी पाण्डे, रोबिन तामाङ, दीपक क्षेत्री र कमलमणी नेपालको मुख्य भूमिका छ । हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठ यो चलचित्रका लगानीकर्ता हुन् ।

प्रतिक्रिया