Bisal Chautari Logo

क्यानाडाले नेपाललार्इ दियो १९५ रनको लक्ष्य

- २ फाल्गुन २०७४, बुधबार १२:१३ मा प्रकाशित


Canada and Nepal
विशाल चैतारी समाचार
काठमाडौँ, २०७४ फाल्गुन २ बुधबार । नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई क्यानडाले १९५ रनको लक्ष्य दिएको छ ।
नामिबियाको वन्डरर्स क्रिकेट मैदानमा भइरहेको खेलमा नेपाल सामु क्यानाडाले पुरै ओभरमा ८ विकेटको क्षतिमा १९४ रन बनायो । उसका लागि श्रीमन्त बाजिरिथ्योले शतक प्रहारे गरे । उनले १५२ बलमा १०३ रन बनाए ।
टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले समान्य शुरूवात गरेको थियो । श्रीमान्थ र रुविन्दु गुनशेकराले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे । तर, पावर प्ले सकिए लगतै बलिङमा आएका बसन्त रेग्मीले दोस्रो बलमा नै गुनशेकराको विकेट लिए । थप २१ रन जोड्दा क्यानडाले थप २ विकेट गुमायो ।
लगातार श्रीमान्थले पारी सम्हाले । उनले चौथो विकेटका लागि एनएस धालिवालसँग २३ र पाँचौं विकेटका लागि हमजा तारिकसँग ४१ रनको साझेदारी गरे । अरु ब्याट्सम्यानले ठूलो स्कोर बनाउन नसकेपनि श्रीमान्थ टिकिरहे । नवौं विकेटका लागि एसएस ढिन्सासँग अविजित ३३ रनको शाझेदारी गरेका उनले शतक पुरा गरे ।
नेपालका बसन्त रेग्मीले ३, सन्दिप लामिछानले २ विकेट र शरद भेषावकरले र करण केसीले एक–एक विकेट लिए ।

प्रतिक्रिया