Bisal Chautari Logo

‘जाइरा’ एक्सनमा श्रृजनाले देखाएको सम्भावना

- २९ श्रावण २०७६, बुधबार १२:४४ मा प्रकाशित


Nepali Movie Xira Actress Srijana Regmi
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ श्रावन, २९ बुधबार।
नेपालमा महिला केन्द्रित फिल्म निकै न्यून संख्यामा निर्माण हुने गरेका छन् । निर्माण भएका फिल्मले पनि राम्रो व्यापार गर्न नसकेका उदाहरण छन् । यसकारण पनि यस प्रकारको फिल्म निर्माण गर्न मेकरले हत्तपत्त जोखिम उठाउन चाहेको देखिँदैन ।

यद्यपि, वर्षमा एक दुईटा वुमन सेन्ट्रिक फिल्म बन्ने गरेका छन् । आउँदो भाद्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको ‘जाइरा’ लाई महिला केन्द्रित फिल्म भनिएको छ । फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठको प्रमुख भूमिकामा छिन् । उनले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । फिल्ममा उनलाई एक्सन गर्दै गरेको देख्न सकिनेछ । पर्दामा लभर गर्लको भूमिकामा निकै रुचाइएकी उनले पहिलो पटक एक्सन भूमिका निर्वाह गरेकी हुन् । यो उनको फिल्मी करिअरको सबैभन्दा चुनौतीपूर्ण भूमिका मानिएको छ । एक महिलाले लिने प्रतिशोधको कथामा फिल्म निर्माण गरिएको बताईएको छ । यो फिल्ममा नेगेटिभ रोल अर्थात् भिलेनमा पनि महिलालाई नै प्रस्तुत गरिएको छ । नव अभिनेत्री श्रृजना रेग्मी फिल्ममा भिलेन ुबुलेटुको भूमिकामा छिन् ।

फिल्ममा अभिनेत्री नम्रता र उनले जबरजस्त लडाईं गरेका छन् । ट्रेलरमा पनि त्यसको केही दृश्य अटाइएको छ । अभिनेत्री नम्रताका अनुसार, फिल्ममा अहिलेसम्मकै पावरफुल फिमेल भिलेनको क्यारेक्टर श्रृजनाले निभाएकी छन् । फिल्मको ट्रेलर सार्वजनिक भएपछि श्रृजनाको लुक्स र एक्सनको सर्वत्र प्रशंसा भइरहेको छ । ट्रेलरको एक दृश्यमा उनको बाइक स्टन्टले अझ धेरैको ध्यान खिचेको छ । फिल्म रिलिज अगावै उनलाई एक्सनमा राम्रो सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेर्न थालिएको छ । उनी पनि यो फिल्मलाई लिएर आफू निकै आशावादी रहेको बताउँछिन् । फिल्ममा आफूले एक्सनमा निकै मेहनत गरेको उनको भनाई छ । नम्रता र श्रृजनाका अलावा फिल्ममा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगरलगायतको पनि अभिनय छ । यसलाई आशुतोषराज श्रेष्ठले निर्देशन गरेका हुन्। पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन्। कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा।लि।को प्रस्तुतीमा बनेको यसका कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । बाबु श्रेष्ठले फिल्म खिचेका हुन् ।

प्रतिक्रिया