Bisal Chautari Logo

गाली दिन मलाई पनि आउँछ, म कुनै सन्त होइन: कपिल शर्मा

- २१ चैत्र २०७५, बिहीबार ०५:१० मा प्रकाशित


KAPIL SHARMA, SUNIL GROVER

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २१, बिहिवार।
भारतका कमेडियन कपिल शर्मा पुनः एकपटक चर्चामा आएका छन् । उनी यसपटक भने उनको कमेडी कार्यक्रम हिट हुँदै गएका कारण चर्चामा आएका हुन् । कुनै समय यही सो कारण उनी चर्चाको शिखरमा पुगेका थिए ।

तर, आफ्नै सहकर्मीसँग सम्बन्ध बिग्रिएपछि उनको कार्यक्रममा ठुलो धक्का लागेको थियो । कार्यक्रम त बन्द नै भयो उनले खेलेको फिल्म पनि फ्लप हुन पुग्यो । अन्ततः उनी डिप्रेशनको शिकार भए ।

तर, आफुलाई सम्हाल्दै अगाडि बढेका उनी पुनः चर्चाको पात्र बनेका छन् । उनले कमेडी सो पुनः टप कार्यक्रमका रुपमा परिचीत हुन थालेको छ । उनले आफ्नो खराब दिनहरुले ठुलो पाठ सिकाएको बताएका छन् ।

उनीप्रति गरिने टिप्पणीले पनि खासै असर नगर्ने बताएका छन् ।

सुनिल ग्रोवरसँग पुनः काम गर्न उत्साहित रहेको समेत उनले बताएका छन् । उनले आफुले दिने गालीबारे पनि बोलेका छन् । उनले भनेका छन्,’ म कुनै सन्त होइन, गाली दिन मलाई पनि आउँछ ।’

प्रतिक्रिया