Bisal Chautari Logo

चर्चित हास्यकलाकार केदार घिमिरे ‘माग्नेबुढा’को आज जन्मदिन

- २८ चैत्र २०७५, बिहीबार ०५:३६ मा प्रकाशित


KEDAR PRASAD GHIMIRE ‘MAGNE BUDA’ BIRTHDAY

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २८, बिहिवार ।
चर्चित हास्यकलाकार केदार घिमिरे अर्थात् माग्नेबुढाको आज जन्मदिन परेको छ । १९७५ अप्रिल ११ तारिखका दिन घिमिरेको जन्म मकवानपुरमा भएको हो ।

यस आधारमा उनी आज ४४औं जन्मदिन मनाउँदैछन् । सन् २००२ देखि कलाकारितामा लागे पनि घिमिरेलाई रातारात हिट बनाएको ‘मेरी बास्सै’ हास्यटेलिशृंखलाले हो । सोही टेलिशृंखलामा उनले निभाएको माग्नेबुढाको क्यारेक्टर नै उनको परिचय बनेको छ ।

पछिल्लो समय उनी निकै व्यस्त र महँगो कलाकारको रूपमा स्थापित छन् । उनलाई आफ्नो चलचित्रमा १० लाख रुपैयाँसम्म पारिश्रमिक दिएर खेलाउन निर्माता निर्देशक राजी हुन्छन् । घिमिरेले अर्का सहकर्मी कलाकार सीताराम कट्टेल धुर्मुससँग जोडी बाँधेर ‘मेरी बास्सै’ निर्माण गरेका थिए । दुवै कलाकार सोही टेलिशृंखलाबाट रातारात स्थापित बनेका हुन् ।

यसैक्रममा कलाकार निर्माता दीपकराज गिरीले जन्मदिनको बधाई दिँदै माग्नेबुढा एकाघरको भाइ जस्तो भएको भन्दै उनको सफलतामा आफ्नो सफलता र उनको खुसीमा आफ्नो खुसी भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया