Bisal Chautari Logo

प्रदेश २ मा आजदेखि निर्वाचन आचारसंहिता लागू

- १ भाद्र २०७४, बिहीबार ०४:५७ मा प्रकाशित


Today the electoral code of conduct will apply
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ भदै १ बिहिबार । प्रदेश २ मा हुने स्थानीय तहको निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागू भएको छ । आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्रीहरु, सम्वन्धित स्थानीय तह र स्थानीय तहका कर्मचारीलाई लागू हुनेछ ।
election-commission-nepal

आयोगका अनुसार सरकार र मन्त्रीहरु, राजनीतिक दल, सम्वन्धित स्थानीय तह, सार्वजनिक संस्था, सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारीलाई आचारसंहिता लागू हुनेछ । यस्तै सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था, सार्वजनिक पद धारण गरेका व्यक्तिलाई पनि आचारसंहिता लागू हुनेछ ।
उम्मेदवारको हकमा २१ गतेबाट आचारसंहिता लागू हुनेछ ।
आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति, अनुदान, सर्वेक्षण लगायत गतिविधि गर्न रोक लागेको छ । यस्तै विकास निर्माणका लागि भन्दै आकर्षक नयाा कार्यक्रम थप गर्न, नयाा बजेट बााडफााड र रकमान्तरमा समेत पाइने छैन ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेमा निर्वाचन आयोगले मन्त्रीलाई कालोसूचीमा राख्नेदेखि एक लाख रुपैयाासम्म जरिवाना गर्न सक्नेछ । लगातार आचारसंहिता उल्लंघन गर्ने मन्त्रीलाई आगामी ५ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी कालोसूचीमा राख्न सक्ने व्यवस्था पनि गरिएको छ

प्रतिक्रिया