Bisal Chautari Logo

आँचल र आकाशको ‘ब्ल्याक’ रिलिज भदौमा सर्‍यो (भिडियो सहित)

- ९ जेष्ठ २०७५, बुधबार १४:५२ मा प्रकाशित


Aakash Shrestha and Aanchal Sharma movie BLACK
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ जेठ ९, बुधबार । यसअघि जेठ ११ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘ब्ल्याक’ रिलिज सरेको छ । बैशाख अन्तिम सातासम्म चलेको नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघबीचको शेयर बाँडफाँडको लफडा तथा जेठ पहिलो साताको लागी घोषणा गरिएको (यसअघि नै सहमतिमा स्थगित) आन्दोलनको कारण प्रचार प्रसारमा प्रभाव परेको भन्दै निर्माण युनिटले फिल्मको रिलिज मिति करिब ३ महिना धकेलेको छ । फिल्म अब आगामी भदौ १ गते रिलिज हुनेछ ।
यसअघि सार्वजनिक ‘पप हरपल’ बोलको गीत दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्दै जाँदा निर्माण टिमले ट्रेलर रिलिजको तयारी गरिरहेको छ । ट्रेलर रिलिजसँगै औपचारिक प्रचार थालनीको तयारीमा रहेको निर्माण टिमले दर्शकलाई फिल्म र योसँग जोडिएको कन्टेन्टको बारेमा जानकारी पुर्याउन र नजिकबाट साक्षात गर्नको लागी भन्दै लामो अन्तरसहित ‘ब्ल्याक’लाई भदौमा प्रदर्शनमा ल्याउने निर्णय गरेको बताएको छ ।

भिडियो हेर्नुहोस्


प्रदिप श्रेष्ठको निर्देशनमा बनेको फिल्म लभस्टोरी जनरामा आधारित छ । आश्मा पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा आँचल शर्मा र आकाश श्रेष्ठ लिड अभिनयमा छन् । पछिल्लो पुस्ताका चल्तिका अनि चर्चाका दुई अनुहार फिल्ममा रहँदा युवा दर्शकको उल्लेख्य साथ पाउने आशा ‘ब्ल्याक’ टिमले बोकेको छ ।
फिल्म मौनता श्रेष्ठको कथामा तयार भएको हो । ‘ब्ल्याक’मा कोरियोग्राफी रामजी लामिछानेको छ भने छायाँकन रामशरण उप्रेतीले गरेका छन् । फिल्ममा आँचल र आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लिड अभिनयमा छन् । द्वन्द्व चन्द्र पन्तको रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । उपत्यकामा गोविन्द शाही र मोफसलमा उज्जल पौडेल, मनोज राठीले ‘ब्ल्याक’लाई वितरणको जिम्मा लिएका छन् । भिएफएक्समा समिरसँग श्रीकृष्ण श्रेष्ठले साझेदारी गरेका छन् ।

चलचित्रको गीत हेर्नुहोस् :-

प्रतिक्रिया