Bisal Chautari Logo

सुक्मित गुरुङको ‘पल पल’ गीत ‘रोमियो एण्ड मुना’मा, आर्ट भिडियो रिलिजसंगै तारिफ (भिडियो सहित)

- १० जेष्ठ २०७५, बिहीबार १०:४५ मा प्रकाशित


romeo and muna Movie Vinay Shrestha and Shristi Shrestha
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ जेठ ९, बुधबार । चलचित्र ‘रोमियो एण्ड मुना’ले अन्तिम प्रदर्शन मिति साउन ११ गते तय गरेसंगै ‘पल पल’ गीत पनि सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको आर्ट सहितको एनिमेशन भिडियोलाई प्रेसमिटमा सबैले तारीफ गरेका थिए ।
‘पल पल’ गीत सुक्मित गुरुङले गाएको हिट गीत हो । गीतमा संगीत तथा शब्द विश्व शाहीको छ । फिल्मका मुख्य दुई पात्र विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिङ भिडियोलाई राजीव समर र निर्देशक नरेशकुमार केसीले कोरियोग्राफी गरेका छन् । गीतको आर्ट पेन्टिङ सागर शाह, र सन्तोस विष्टले गरेका छन्, भने भिएफएक्स पक्ष आइड्रिम एनिमेशनले गरेको हो । छायााकन शिवराज श्रेष्ठले गरेका छन् ।

कार्यक्रममा गायिका सुक्मित गुरुङलाई ‘रोमियो मुना’ टिमले सम्मान पनि गर्यो । सुक्मितले आफ्नो पुरानो गीतलाई पुर्नजन्म दिएकोमा फिल्म टिमलाई धन्यवाद दिइन् । यस्तै राष्ट्रिय स्तरका पेन्टर सागर शाह र सन्तोष विष्टलाई पनि गर्यो ।
भि मोशन पिक्चर्स र केएस प्रोडक्सनको संयुक्त प्रस्तुती रहेको फिल्ममा विनय र सृष्ट्रिसागै सुस्मा कार्की, प्रज्जवल सुजल गिरी, सुरक्षा पन्तको अभिनय छ । निर्देशक नरेश कुमार केसीको पटकथा रहेको फिल्ममा संवाद निरोज महर्जनको छ । फिल्म निर्माणमा विनय र प्रशन्नसाग राम शर्मा र कविन शाक्यले सहकार्य गरेका छन् ।

‘रोमियो एण्ड मुना’को ‘पल पल’ गीत हेर्नुस् :–

प्रतिक्रिया