Bisal Chautari Logo

आकाश र एलिसाको ‘टेलिफोन टावर’ म्यूजिक भिडियो रिलिज (भिडियो)

- २६ श्रावण २०७६, आईतवार १७:३९ मा प्रकाशित


Aakash Shrestha and Alisha Rai music video
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ श्रावन, २६ आइतबार ।
गीतकार अम्बिका गुरुङको ‘टेलिफोनको टावर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् । यो गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिसा राईलाई फिचरिङ गरिएको छ । गीतमा लेखु सहयात्री र मेलिना राइको स्वर, दिपक शर्माको संगीत छ ।

यो गीतले विशेषगरि, केटाकेटीको रोमान्टिक प्रेम देखाउँछ । गीतका गुरुङले दर्शकको मुखमा झुन्डिने शब्दहरु कोरेकी छिन् । भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिसा राइको जोडी सुहाएको छ । भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् । विधानले यसअघि पनि थुप्रै गीतको भिडियो तयार पारिसकेका छन् ।
राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुत तिवारी र टिमको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रतिक्रिया