Bisal Chautari Logo

सृस्टिनाको ‘बैँसालु जवानी’ देखेपछी पुष्पल भुत्तुकै (भिडियो हेर्नुहोस्)

- ३० जेष्ठ २०७४, मंगलवार १२:४३ मा प्रकाशित


Shree Rai new song Bainsalu Ft  Pushpal Khadka, Shristina Rai
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ जेठ ३० मंगलबार । अभिनेता तथा मोडल पुष्पल खड्का मोडल सृष्टिना राईको ‘बैँसालु जावानी’ देखेपछी भुत्तुकै भएका छन् ।
Shree Rai new song Bainsalu Ft Pushpal Khadka, Shristina Rai (1)प्रसंग हो, नव गायक श्री राईको शब्द, संगीत र स्वरमा रहेको ‘बैँसालु जावानी तिम्रो’ बोलको गीतको । आज अर्थात जेठ ३० गते सार्वजनिक भएको भिडियोमा अभिनेता तथा मोडल पुष्पल र मोडल सृष्टिना राईको क्यामेट्रि देख्न सकिन्छ ।
रंग पत्रकार विशाल राईले पहिलो चोटी निर्देशन गरेको भिडियोलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । गदावरीको रोमान्चक दृश्यहरु समावेश भएको म्युजिक भिडियोमा एउटा जवान केटा र केटीको लवस्टोरीलाई देखाउन खोजिएको निर्देशक बिशाल राईले बताए ।
Shree Rai new song Bainsalu Ft Pushpal Khadka, Shristina Rai (6)

पछिल्लो समयका चर्चित सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोमा चर्चित सम्पादक टेकेन्द्र शाहले सम्पादन गरेका छन् । गायिका समेत रहेकी तायाहाङ्मा राईको कोरियोग्राफी र मेकअप रहेको छ । म्युजिक भिडियोको पोष्टर डिजाइन टौवा क्रियशनले गरेको हो । म्युजिक भिडियो विशाल चौतारी मिडिया प्रा.ली.को प्रस्तुती रहेको छ ।
‘बैँसालु जावानी’ बोलको गीत एल्बम ‘सर्मपण’मा समावेश गरिएको छ । गत शुक्रबार काठमाडौमा एक औपचारीक कार्यक्रमको आयोजना गरी एल्बमलाई नेपाल संगीत तथा नाट्य पज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ र नेपाल संगीत तथा नाट्य पज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा वरिष्ठ गायक, संगीतकार एवं कवि गणेश रसिक, गायिका तायाहाङ्मा राईले एकसाथ एल्बमको विमोचन गरेका थिए ।
विशाल चौतारी मिडिया प्र.ली.बाट बजारमा आएको एल्बममा चार गीत र एक ट्रयाक समावेश रहेको छ । एल्बममा ‘सुस्तरी सुस्तरी’, बैसालु जावानी’, नजाउ मलाई छोडी टाढा, जोडेर दुई मुटु, र बैसालु जावानी’को ट्रयाक समावेश रहेको छ । एल्बमको सबै गीतलाई याकुब राईले एरेञ्ज गरेका छन्, भने सबै गीत साइन स्टुडियोमा रेकर्ड भएका हुन् ।

Bainsalu – Shree Rai || Ft. Pushpal, Shristina | New Nepali Adhunik Song 2017/2074 

Bishal Chautari Media Presents!
Song Title: Bainsalu
Lyrics/Music/Vocal: Shree Rai
Arranger: Yakub Rai
Audio/Video: Bishal Chautari Media Pvt. Ltd.
Media Partner: www.bishalchautari.com
Artists: Pushpal Khadka, Shristina Rai
Camera: Gyanendra Sharma
DI: Tekendra Shah
Choreography/MUA: Tayahangma Rai
Direction: Bishal Rai

Shree Rai new song Bainsalu Ft Pushpal Khadka, Shristina Rai (5)

Shree Rai new song Bainsalu Ft Pushpal Khadka, Shristina Rai (4)

Shree Rai new song Bainsalu Ft Pushpal Khadka, Shristina Rai (2)

Shree Rai new song Bainsalu Ft Pushpal Khadka, Shristina Rai (3)

Shree Rai new song Bainsalu Ft Pushpal Khadka, Shristina Rai (7)

प्रतिक्रिया