Bisal Chautari Logo

५ वर्षको संगीत साधनापछी गायन समीरको ‘द हर्ट बिट’ (भिडियोसहित)

- ३ असार २०७४, शनिबार ०५:२८ मा प्रकाशित


samir limbu album the heart beat
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अषाढ ३ शनिबार । गायन समीर लिम्बू ‘द हर्ट बिट’ नामक एल्बम लिएर श्रोता तथा दर्शकमाझ आएका छन् । समीरको उक्त सोलो एल्बमलाई राजधानीमा एक समारोबीच बरिष्ठ संगीतकार प्रकाश गुरुङ, राजु सिंह, बसन्त सापकोटा, गायिका कुन्ति मोक्तानलगायतले सार्वजनिक गरे ।
samir limbu album the hart beatएल्बम सावजनिकपछि गायक समीरको संगीत गुरु समेत रहेका प्रमुख अतिथि प्रकाश गुरुङले भने, ‘समीरको स्वरमा मिठास छ । उनले यस क्षेत्रमा केही गरेर देखाउन सक्छ ।’ गुरुङले आफूसँग पहिलोपटक संगीत सिक्न आउँदा नै समीरमा गायनमा भविष्य देखेको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रममा बोल्दै गायक समीर पाँच वर्षयता निरन्तर संगीत साधना गर्दै आएको र त्यसको प्रतिफल ‘द हर्ट बिट’ भएको बताए । उनले ‘द हर्ट बिट’ आफ्नो पहिलो एल्बम भएकाले केही आगामी दिनमा सुधार्दै जाने पनि बताए । उनले भने, ‘यो मेरो पहिलो एल्बम हो । यसका लागि धेरै मिहिनेत छु । यो मेरो सांगीतिक करिअरको ‘टर्निङ प्वाइन्ट’ पनि हो । त्यसैले यहााहरुले माया तथा हौसला दिनुहोला ।’ समीरको संगीतकार राजु सिंह र गायिका कुन्ति मोक्तानले पनि प्रशंसा गरेका थिए । समीरको स्वरमा मिठास रहेको भन्दै राजुले भने, ‘समीर नेपाली सांगीतिक क्षेत्रमा एक नक्षत्रका रुपमा उदाएका छन् ।’
samir limbu०६५ सालदेखि स्टेज र कभर सङ गाउादा–गाउादै गायनमा होमिएका समीरको ‘द हर्ट बिट’मा पछिल्लो समयका चर्चित संगीतकारको संगीत रहेको छ । राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बु, कमल खत्री, प्रमोद मोक्तान, कमल रसाइाली, कुसल राईजस्ता संगीतकारको संगीतका तयार भएको ‘द हर्ट बिट’मा तिम्रो त्यो, मायामा, तिमीले त, धरान पुर्व, म त डुबे, वैशैमा र सोल्टिनी जस्ता गीत समावेश छन् । जसमा कमल रसाइली, प्रमोद मोक्तान, कमल खत्री, सुमोन गजमेर, बिआर मित्र, यासेली योङहाङ र गायक सयंमको शब्दरचना रहेको छ ।
सञ्चारकर्मी याङ्जोम शेर्पाले सञ्चालन गरेको उक्त एल्बम सार्वजनिक समारोहलाई तेह्रथुमे ढाका बुटिकले को–स्पोन्सर गरेको थियो । अतिथिहरुलाई तेह्रथुमे ढाकाकै कादाले स्वागत गरिएको थियो । समीरको ‘द हर्ट बिट’ लाई ब्ल्याक इन्टरटेनमेन्टले बजारमा ल्याएको हो ।

Timro Tyo – Samir Limbu, Nikhita Thapa Ft. Alisha Rai (Romantic Song) | New Nepali Pop Song 2017

TIMILE TA SAJILAI-SAMIR LIMBU [FIRST NEPALI GAY MUSIC VIDEO ] OFFICIAL MUSIC VIDEO-2016

प्रतिक्रिया