Bisal Chautari Logo

धुर्मुस सुन्तली जोडीको ‘सेन्टी भाईरस’को छायांकन सकियो

- १ कार्तिक २०७६, शुक्रबार १५:२२ मा प्रकाशित


Dhurmus Suntali movie Senti Virus
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ कार्तिक १ शुक्रवार ।
रियल जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को निर्माणमा बनेको चलचित्र ‘सेन्टी भाईरस’को छायांकन सकिएको छ । यो चलचित्रको छांयाकन सकिए पनि चलचित्रको प्रर्दशन मिति भने तोकिएको छैन ।

सिताराम कट्टेल फेसबुक मार्फत चलचित्रको छायांकन सकिएको जानकारी गराएका छन् । उनले लेखेका छन् ‘सुबिहानी फिल्मस् ब्यानरमा निर्माण भईरहेको नेपाली कथानक चलचित्र ‘सेन्टी भाईरस’को छायांकनको काम सकिएको छ । सेन्टी भाईरस चलचित्रसँग आवद्ध प्राविधिक, कलाकार, निर्माता, निर्देशक लगायत सम्पुर्णप्रति आभारी छौं । चलचित्रमा समावेश गरिने एउटा गीतको छायांकनको केहि काम बाँकी रहकोले शो छायांकनको काम सकिएसँगै प्रदर्शन मिति सार्वजनिक गर्ने सम्पूर्णमा जानकारी गराउन चाहन्छौं । तपाईहरुको न्यानो साथ र सहयोगको अपेक्षा सहित‘.’ । यो फिल्मको प्रमोशन गीत बाहेक सम्पूर्ण काम सकिएको छ ।
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा धुर्मुस सुन्तली’ नै मुख्य भूमिकामा रहनेछन् । त्यस्तै दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतको पनि अभिनय छ । चलचित्रको कथा कुमार कट्टेल (जिग्री) र दीपक आचार्यले लेखेका छन् ।

प्रतिक्रिया