Bisal Chautari Logo

हरितालिका तीज हर्ष र उल्लासकासाथ मनाउदै(१४ तस्विरमा हेर्नुहोस तीज)

- ८ भाद्र २०७४, बिहीबार १२:४५ मा प्रकाशित


celebrated Teej with joy
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र ८ बिहिबार । हिन्दु नेपाली महिलाहरुले हरितालिका तीज हर्ष उल्लासका साथ मनाइरहेका छन् । रंगीबिरंगी बस्त्रमा सजिएका महिलाहरुको छुट्टै तामझाम छ ।
पशुपतिनाथ मन्दिरमा व्रतालु महिलाहरु तीजको गीत गाउँदै नाचगान गरिरहेका छन् । पशुपतिनाथ मन्दिर लगायतका देशभरका शिवालयहरुमा व्रतालुहरुको घुइँचो लागेको छ । महिलाहरुले पतिको स्वास्थ्य दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछ।
बिहान साढे तीन बजेदेखि नै लाइनमा बसेर महिलाहरूले पशुपतिनाथको दर्शन गरेका छन् । विभिन्न ठाउँबाट पशुपति नाथको दर्शन गर्न आउने महिलाहरू लाइनमा उभिएका छन् ।

पशुपति परिसर क्षेत्रमा नेपाल प्रहरी, विद्यार्थी, स्वंयसेवक लगायत विभिन्न संघसंस्थाका व्यक्तिहरूले दर्शनार्थीहरुलाई नियमबद्ध लाइनमा राखेर पशुपतिनाथको दर्शन गराइरहेका छन् ।

प्रतिक्रिया