Bisal Chautari Logo

को हुन त नेपालको पहिलो ‘नेपाल आइडल’ हेर्नुहोस फोटो फिचर सहित

- २७ भाद्र २०७४, मंगलवार ०८:५६ मा प्रकाशित


first Nepal idol Bikrama Rai
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र २७ मंगलबार। एपी वान टेलिभिजन द्वारा प्रसारित नेपालकै चर्चित रियालिटी शो ‘नेपाल आइडल’को फिनालेमा बुद्ध लामा, निशान भट्टराई र प्रताप दास पुगेकाछन् । ‘नेपाल अइडल’को फिनाले सेक्टेक्बर २७ मा कतारको दुवामा हुने आयोजकले बताएकाछन् ।

नेपालको पहिलो नेपाल आइडलको उपाधि भने खोटाङका विक्रम राइले हात पारी सकेकाछन् । नेपालको पहिलो ‘नेपाल आइडल’ रेडलाईट इन्टरटेन्मेन्टको आयोजनामा २०६९ भदौ ७ गतेदेखि सुरु भएकोे थियो । उक्त शो, २०७० साउन दुई गते फिनालेको घोषण गरेको थियो । आफ्ना चार प्रतिस्पर्धिहरुलाई उछिन्दै विक्रम राई विजेता बनेका थिए । नेपाल आईडल घोषित भएसंगै एक लाख रुपैया पैसा पाएका थिए। एउटा एल्वम र दुईवटा म्युजिक भिडियो समेत आयोजकले प्रदान गरेका थियो । उक्त शोमा अमित परियार (धनकुटा) दोस्रो, कृष्ण खवास (मोरङ) तेस्रो, सचिन राई (खोटाङ) चैंथो तथा अस्मिता अधिकारी (झापा)पाँचौ भएका थिए । आईडलको निर्णायकहरु संगितकार ओम प्रकाश राई, अशोक राई, मिन सागर लामा लगायत थिए ।

प्रतिक्रिया