Bisal Chautari Logo

राजेश पायल राईको नाममा अमेरीकामा ५ नोभेन्मबर ‘राई इज किङ डे’ घोषणा (फोटो तथा भिडियो सहित)

- २१ कार्तिक २०७४, मंगलवार १२:१३ मा प्रकाशित


rajesh payal rai international pop star award in america
विशाल चौतारी समाचार
न्यूयोर्क, २०७४ कात्तिक २१, मंगलबार । नेपाली गायनका मेगास्टार ‘राई इज किङ’ उर्फ राजेश पायल राईलाई अमेरिकामा यस्तो सम्मान मिलेको छ, जसले आमनेपालीलाई नै गौरम्वित बनाएको छ ।

रोचेस्टर सिटी हलमा राजेशपायललाई प्रमाणपत्रले सम्मान गर्दै डेपुटी मेयर डा। अलेक्जन्डरले के भने ? भिडियो हेर्नुहोस् :


हाल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहेका राजेशपायललाई रोचेस्टर सिटीका मेयर लभ्ली वारेन र डेपुटी डाइरेक्टर मेयर डा. केर्डिक एल. अलेक्जन्डरले संयुक्त रुपमा सम्मान गर्दै प्रत्येक वर्ष ५ नोभेम्बरलाई ‘राई इज किङ डे’ फेस्टिवलको रुपमा मनाउंने घोषणा गरे । एक नेपाली कलाकारले अन्तराष्ट्रिय स्टेजमा पाएको यो नै सबेभन्दा ठूलो सम्मान हो ।
रोचेस्टर सिटी हलमा राजेशपायललाई प्रमाणपत्रले सम्मान गर्दै डेपुटी मेयर डा. अलेक्जन्डरले भने, ‘अब रोचेस्टर सिटीमा प्रत्येक वर्ष नोभेम्बर ५ मा ‘राई इज किङ डे’ को रुपमा मनाइनेछ ।’
कार्यक्रममा राजेशपायललाई ‘इन्टरनेशनल पपस्टार’ उपाधिसमेत प्रदान गरिएको थियो । सम्मान ग्रहण गर्दै गायक राजेशपायलले अमेरिकामा अहिलेसम्मकै ठूलो सम्मान प्रदान गरेको भन्दै रोचेस्टर सिटीप्रति आभार व्यक्त गरेका छन् । ‘राई इज किङ’का रुपमा चर्चित राजेशपायलले निरन्तर करिब तीन दशकयता नेपाली गायन क्षेत्रमा एक छत्र राज गर्दै आएका छन् ।
कार्यक्रम सोचेभन्दा भव्य र सभ्य भएको भन्दै आयोजक विजय खड्काले बताएका छन् । उनका अनुसार नेपाली कलाकारलाई विमानस्थलबाट अमेरिकी प्रहरीले कार्यक्रम स्थलसम्म पहिलोपटक सुरक्षा दिएको थियो ।

rajesh Payal Rai

प्रतिक्रिया