Bisal Chautari Logo

टुडिखेलमा उधौली रौनक (फोटो फिचर हेर्नुहोस्)

- २५ मंसिर २०७४, सोमबार ०४:३९ मा प्रकाशित


sakela udhauli 2017 – Tundikhel
विशाल चौतारी समाचार
तस्बिरहरु : बिशाल राई
काठमाडौ ,२०७४ मंसिर २५ सोमबार । किरातहरुको महान पर्व उधौली भव्यताका साथ गत शनिबार राजधानीको टुडिखेलमा किरात समुदायले हर्षोल्लासका साथ मनाएका छन् ।
टुडिखेलमा आयोजित साकेलामा मौलिक भेषभूषामा सजिएका किरात युवा–युवतीहरु परम्परागत बाजा बजाउदै साकेला नाचेर पर्व मनाएको हो ।
हरेक वर्ष मंसीर पूर्णिमाका दिनबाट शुरु हुने उधौली पर्व चराचुरुङ्गी तथा जनावर लेकबाट बेसीतिर बसाई सर्ने संकेत गर्न तथा अन्नबाली भित्राएको खुशियालीमा मनाउने गरिन्छ ।
प्रकृति पुजक किराात समुदायले नदी तथा खोलामा पाइने माछा ओरालो (उाधो) धेरै पानी भएको ठााउतिर बसाइा सरेको समयलाई उधौली भनेको पाइन्छ । उधौली साकेला पर्वलाई न्वागी पूजा, साकेवा, साखेवा, साकेनवा, सिमे, भूमे, फोडस्यान्डर, उधौली र भूमिपूजा आदि पनि भनिन्छ ।
चासोक तङनाम अर्था न्वागी पूजाको अवसरमा काठमाडौंमा बसोबास गर्दै आएका किरात समुदायले साकेला र धाननाचसहित भव्यताका साथ मनाएका छन् । हरेक वर्षको मंसिर पूणिर्माका दिन न्वागी खाने पर्वको रुपमा चासोक तङनाम मनाइन्छ ।
किरातहरुले बर्षमा दुई पटक मंसिरे पूर्णिमामा उधौली र बैशाखे पूर्णिमामा उभौली मनाउछन् ।

हेरौ टुडिखेलको रमाइलो साकेलाको फोटो फिचर :-

 

प्रतिक्रिया