Bisal Chautari Logo

जब मध्येरातमा गायक राजेश पायल राईले अस्सामेलीलाई नचाए (फोटो फिचर सहित)

- ६ पुष २०७४, बिहीबार १०:११ मा प्रकाशित


rajesh payal rai assam india concert 2017
विशाल राई
तस्बिरहरु : बिशाल राई
आस्साम, २०७४ पौष ६ बिहिबार । ‘मैले मायाले दिएको चिनो’ बोलको गीत गाउदै जब मेघा स्टार ‘राई इज किङ’ राजेश पायल राई स्टेजमा झुल्किए, तब स्टेज अगाडी शान्त भएर बसेका दर्शकको भीड एक्कासि थामि नसक्नु भयो । यो दृश्य हो, इन्डियाको आस्साम तिनसुकिया स्थित टिराप जागुनमा भएको एक भब्य तथा एतिहासिक कन्र्सटको ।
जहा गायक राजेश पायलको एक पर्फमेन्स हेर्न उनका हजारौ फ्यानहरु रातको १२ बजेर ४० मिनेट जादा सम्म बसेका थिए । मध्य रातमा निन्द्राले हाइ काड्दै गरेका दर्शकहरु गायक राजेश पायल स्टेज उत्रने वित्तिकै स्टेज अगाडी आएर उनको पर्फमेन्समा झुम्न थाले ।
एक गीत गाइसकेपछि आस्सामेली दर्शकहरुलाई सम्बोधन गर्दैै गायक राजेश पायलले ‘हेल्लो आस्साम, टिराप जागुन भन्दा दर्शकहरुको हुटिङ थामिनसक्नु थिएन । करिव १ बजेपछी अझ धेरै स्टेज तताउदै आस्सामेली दर्शकहरुलाई लगातार रातको करिव ३ बजेर सम्म नचाएका थिए ।
गायक राजेश पायलले क्रमश: नो सरी नो थ्याङ्स, तिम्ले बाटो फेरेउ अरे, सागर सरी, तिमिलाई रोजे, म त मर्छु कि क्या हो ठुली, तिमि ज्यान माग ज्यान दिन्छु, मोहनी लाग्ला है, ओपन किराती स्टाइल, दर्शन नमस्ते, किन यती धेरै माया लाग्छ नी हौ, दर्पनमा छाया कती राम्रो, झिमझिम गर्ने परेलिले, उकालिमा जादा जादै बोलका गीत गाएका थिए । चर्चित गीत म त मर्छु कि क्या हो ठुली दर्शकहरुको धेरै वान्समोर आएपछि गायक राजेश पायलले दुई चोटि सो गीत गाएका थिए ।
अखिल अस्साम गोर्खा छात्र संघको आयोजनामा भएको ‘तिहार बिदाइ समारोह’को भब्य कन्र्सट मेघा स्टार ‘राई इज किङ’ राजेश पायल राईको प्रस्तुती अहिले सम्मकै एतिहासिक रहेको आयोजक टिम मध्येका एक सन्तोश बस्नेतले बताए । गायक राजेश पायललाई स्वागत तथा विषेश सम्मान गर्न मार्घेरिटाका एमएलए भास्कर शर्मा र बिगवोइका एमएलए सुरेन फुकोन उपस्थित थिए ।

त्यस्तै किरात राई महासभा अस्सामको तर्फबाट वरिष्ठ कलाश्री सम्मानबाटपनि गायक राजेश पायल राईलाई सम्ममान गरिएको थियो ।

rajesh payal rai assam india concert 2017

rajesh payal rai assam india concert 2017

 

rajesh payal rai assam india concert 2017

प्रतिक्रिया