Bisal Chautari Logo

चलचित्र अवार्ड भन्दा भब्य ‘कान्छी’को कार्यक्रममा बसुन्धरालाई सम्मान (फोटो तथा भिडियो सहित)

- २४ माघ २०७४, बुधबार १८:५१ मा प्रकाशित


shweta khadka movie kanchi musical night
विशाल चैतारी समाचार
तस्बिरहरु ः बिशाल राई
काठमाडौँ, २०७४ माघ २४ बुधवार । निर्माणाधिन सिन्धुलाल्चोकको माझी बस्तीको सहयोगार्थ नायिका तथा निर्मात्री श्वेता खड्काले आयोजना गरेको कान्छी म्युजिकल नाइट तथा रेड कार्पेट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नेपाली चलचित्र अवार्ड भन्दा भब्य समारोह मंगलबार साँझ दरबारमार्गको होटल अन्नपूर्णमा सम्पन्न भएको थियो ।
उक्त साँझमा फिल्मकर्मी, श्वेताश्री फाण्डेशनका सदस्यहरु, कान्छी टिम र सञ्चारकर्मी गरी करिब पाँच सय पाहुना उपस्थित थिए । सामाजिक सहयोगाको लागि गरिएको उक्त कार्यक्रममा श्वेताले वरिष्ठ नृत्य निर्देशक बसन्त कुमार श्रेष्ठलाई ५१ हजार रकम सहित लाइफ टाइम अचिभ्मेन्ट अवार्डबाट सम्मान गरिन् । यस्तै नेपालको पहिलो हाँस्य साम्राज्ञी बसुन्धरा भूषाल र रक्षा नेपालकी प्रमुख सामाजिक अभियान्ता मेनुका थापालाई विशेष सम्मान गरियो । अभिनेत्री भूषाल सम्मान ग्रहणपछि भावुक बन्दै मञ्चमै रोइन् ।
यता युवा फिल्म सम्पादक भूपेन्द्र अधिकारी र माझी बस्ती निर्माणमा सक्रिय रुपमा लागि परेका यज्ञाराज कार्कीलाई प्रोत्साहन पुरस्कार दिइयो भने संगीतकार राजनराज सिवाकोटीलाई बाइक दिइयो । संगीतकार सिवाकोटीले संगीत दिएको कान्छीको चरी चट्ट बोलको गीतले एक करोड बढी भ्युज पाएपछि उनलाई बाइक उपहार दिइएको हो ।
रेड कार्पेट कान्छी म्युजिकल नाइट मा स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्झनामा नायिका अशिष्मा नकर्मी, जेविका कार्की, नायक विनोद न्यौपाने र कोरियोग्राफरले विभिन्न हिट गीतमा आफ्नो प्रस्तुत दिए । नायक तथा निर्देशक आकाश अधिकारी र नायिका मरिस्का पोखरेलको प्रस्तुती पनि हेर्न लायकको थियो । हाँस्यव्याङ कलाकार जितु नेपाल र सन्दिप क्षेत्रीले खुबै हँसाए । धर्मेन्द्र सेवन, युवराज चौंलागाईं र माण्डवी त्रिपाठीले कान्छीको गीत गाए । हाँस्यव्यांग्य कवि शैलेन्द्र सिम्खडाले कविताबाटै हँसाए ।
श्वेताको निमन्त्रणामा बरिष्ठ अभिनेत्री भुवन चन्द, चैत्यदेवी सिंह, बरिष्ठ फिल्मकर्मी नीर शाह, हरिहर शर्मा, गौरी मल्ल, अभिनेत्री करिश्मा मानन्धर, अभिनेता दयाहाङ राई, पुर्व प्रधानसेनापति रुक्मान्द कटुवाल, डि.आइ.जी रमेश खरेल, तेक्वन्दो प्लेयर दिपक विष्ट, डा.भोला रिजाल लगायत वरिष्ठ व्यक्तिहरु उपस्थित थिए ।
श्वेताले सहभागी सबैलाई धन्यवाद दिदैं माझी बस्ती निर्माणमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनप्रति कृतज्ञता प्रकट गरिन् । श्वेताले बनाएको फिल्म कान्छी फागुन ४ गतेदेखि प्रदर्शन आउँदैछ ।

भिडियो हेर्नुहोस् :

फोटो फिचर

Sandip Chhetri Most Funny Comedy 2018


Camera : Bishal Rai

प्रतिक्रिया