Bisal Chautari Logo

इण्डियन प्रिमियर लिग: चेन्नईद्वारा राजस्थान ८ रनले पराजित

- १८ चैत्र २०७५, सोमबार ०६:५९ मा प्रकाशित


CHENNAI BEATS RAKSTHAN 8 RUNS

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १८, सोमवार।
इण्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्गसले राजस्थान रोयल्सलाई ८ रनले पराजित गरेको छ । यो चेन्नइको लगातार तेस्रो जित हो ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले १७६ रनको लक्ष्य राजस्तान रोयल्सलाई दिएको थियो । राजस्थानले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १६७ रन मात्र बनाउन सफल भएको थियो ।

खासै गतिलो खेल खेल्न नसकेको राजस्थानका लागि बेन स्टोक्सले ४६ रन, राहुल त्रिपाठीले ३९ रन बनाउन सफल भए । कमजोर व्याटिङ गरेका स्टिभ स्मिथले २८ रन, जोफ्रा आर्चरले अविजित २४ रन बनाएका थिए । कप्तान अजिंका रहाने सुन्य रनमा आउट भए ।

चेन्नईका शार्दुल ठाकुर, दिपक चाहर, इमरान ताहिर र ड्वाने ब्राभोले समान दुईदुई विकेट लिन सफल भए ।

चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित रहदै ७५ रन जोडे । सुरुवाती खेल खराब देखिए पनि पछि भने चेन्नईले सम्हालिएको खेल देखाएका थियो । धोनीले सुरेश रैनासंग मिलेर ६१ रनको साझेदारी गरेका थिए भने रैना ३६ रनमा आउट भए ।

ड्वाने ब्राभोले २७ रनको योगदान गर्दा शेन वाट्सनले १३ रनमा समेटिए । राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए ।

जितसंगै शीर्ष स्थानमा उक्लिएको चेन्नईले ३ खेलबाट ६ अंक जोडेको छ ।

प्रतिक्रिया