दाजु विदेश गएको बेला देवर–भाउजूले अवैध सम्बन्धबाट बच्चा जन्माएर मल खाडीमा गाडे

Child murder
विशाल चौतारी समाचार
नुवाकोट,२०७४ मंसिर १४बिहिवार । अवैध सम्बन्धबाट जन्मिएको बच्चा मारेर फालेको अभियोगमा प्रहरीले नुवाकोटको तारुकाका देवररभाउजुलाई पक्राउ गरेको छ। दुबैलाई विदुरस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।
                                                                                                                               फाइल फोटो

सदरमुकाम बिदुरदेखि २५ किलोमिटर दक्षिणमा रहेको तारकेश्वर गाउँपालिका वडा नं. २ तारुकाका एक महिला र उनका देवरले अवैध सम्बन्धबाट जन्मिएकी छोरीलाई मारेर फालेको अभियोगमा बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराइले जानकारी दिए।
उनीहरुले नवजात छोरीलाई मारेर मलकुण्डमा गाडेको भेटिएको थियो। ति महिलाका श्रीमान रोजगारका लागि विदेशमा छन्।