Bisal Chautari Logo

माछा मार्न जादा, चिनियाँ नागरिकलाई भोटेकोशीले बगायो

- २६ आश्विन २०७४, बिहीबार ०५:०४ मा प्रकाशित


Chinese citizens were sown by Bhotekoshi
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २६ बिहिबार । आइतबार साँझ माछा मार्न भोटेकोशी खोलामा गएका चिनियाँ नागरिकलाई खोलाले बगाएको छ ।

                                                                                                                                                                                 फाइल फोटो

मध्य भोटेकोशी हाइड्रोपावरमा काम गर्ने ३० वर्षीय युफा मेन्गालाई सिन्धुपाल्चोेक जिल्ला बाह्रबिसे नगरपालिका–५ स्थित भोटेकोशीले बगाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।
साथीसँगै माछा मार्न गएका मेन्गालाई अहिलेसम्म फेला पार्न नसकेको खोजी कार्यमा जुटेका प्रहरी बताउँछन् ।
स्थानीय बासिन्दासहितको खोजीकार्यमा जुटेको प्रहरीले अहिलेसम्म फेला पार्न नसकेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पञ्चकुमार बाखुले बताए । रासस

प्रतिक्रिया