Bisal Chautari Logo

क्यानडामा हुने ’सिने स्टार अवार्ड २०२०’को लागी फिल्म दर्ता आह्वान

- ४ कार्तिक २०७६, सोमबार ०९:०३ मा प्रकाशित


cine star award canada
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक ४ सोमवार ।
क्यानडामा हुन गइरहेको पहिलो ’सिने स्टार अवार्ड २०२०’को लागी फिल्म दर्ता आह्वान गरिएको छ । आगामी जनवरी अन्तिम साता टोरन्टोमा हुने अवार्डको लागी फिल्म दर्ता प्रक्रिया सुरु भएको हो ।

आयोजक संस्थाले दिएको जानकारी अनुसार बर्ष २०७५ भित्र प्रदर्शनमा आएका फिल्महरुले यहि कार्तिक मसान्तभित्र दर्ता प्रक्रियामा सहभागी हुन सक्नेछन् । ’भ्रमण बर्ष २०२०’ लाई लक्षित गरेर आयोजना हुन लागेको अवार्डको लागी दर्ता प्रक्रियामा सहभागी हुने फिल्महरुबाट निर्णायक टिमले उत्कृष्ट तीन मनोनयन तय गर्ने आयोजक संस्था हिल्सा इन्टरटेन्मेन्टका प्रतिक बुढाथोकीले बताए ।
जनवरी ३१ तारिखमा हुने अवार्डको लागि मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी निर्णायक टिममा सदस्य छन् । उल्लेखित निर्णायक टिमले अवार्डको लागि सहभागी हुने फिल्महरुबाट विभिन्न १२ विधामा उत्कृष्ट तीन छनोट गर्नेछ । अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, सिनेमाटोग्राफी, सम्पादन, संगीत, पार्श्व गायक, पार्श्व गायिका, सह(अभिनेता, सह(अभिनेत्री प्रतिस्पर्धी विधा समावेश छन् । मनोनयन सुची भने मंसिर दोश्रो साता सार्वजनिक हुनेछ ।
प्रतिस्पर्धी विधासँगै नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका एक चलचित्रकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड र निर्णायक टिमको तर्फबाट जुरी अवार्ड समेत प्रदान हुनेछ । हिल्सा इन्टरटेनमेन्ट प्रा. लि. नेपालको मुख्य आयोजनामा हुने अवार्ड जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा हुँदैछ । नेपाली चलचित्रलाई अन्तर्रा्ष्ट्रियकरण गर्नमा अवार्डले महत्वपुर्ण भुमिका खेल्ने आयोजकले विश्वास लिएको छ ।
पर्यटन बर्ष लक्षित कार्यक्रमले राष्ट्रिय पर्यटन प्रवर्धनमा ठुलो भुमिका खेल्ने र सरकारले पर्यटन बर्ष मनाइरँदा विदेशी भुमिका आयोजना हुन लागेको अवार्ड समारोहले सरकारी अभियानमा हातेमालो गर्ने अपेक्षा आयोजकले लिएको छ । दैनिक १ लाख बढि पर्यटकले भ्रमण गर्ने टोरन्टोमा अवस्थित विश्वकै सात आश्चर्य मध्येको एक ‘नायग्रा फल्स’मा नेपाली चलचित्र र नेपाली पहिचानलाई पुर्याउने प्रतिवद्धता पनि आयोजकले गरेको छ ।

प्रतिक्रिया