Bisal Chautari Logo

एएफसी यू–१९ च्याम्पियनसिपमा ओमनसँग ५–० ले हार्दै बाहिरियो नेपाल, कुनै खेलमा पनि गोल गर्न सकेन

- २२ कार्तिक २०७४, बुधबार ०८:५० मा प्रकाशित


Could not goil any game
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २२ बुधवार । एएफसी यू–१९ च्याम्पियनसिप क्वालिफायरमा नेपाल लगातार चौथो खेल हार्दै बाहिरिएको छ। कीर्गिस्तानमा बुधबार भएको अन्तिम खेलमा नेपाल ओमानसँग ५–० ले पराजित भएको हो।
                                                                                                  फाइल फोटो

क्वालिफायरमा खेलेका चारवटै खेल हारेको नेपालले खेलमा गोल गर्न सकेन । पहिलो खेलमा नेपाल आयोजक कीर्गिस्तानसँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा बहराइनसँग ४–० ले हारेको थियो। अभिषेक रिजालले पेनाल्टी गुमाउँदा नेपाल तेस्रो खेलमा युएईसँग १–० को अन्तरले पराजित भयो।
लगातार तेस्रो हारपछि क्वालिफायरबाट औपचारिक रुपमा बाहिरिएको नेपालको लागि अन्तिम खेल प्रतिष्ठाको लडाईका रुपमा रहेको थियो। तर ओमानसँग पराजित भएपछि नेपाल अंक विहिन सहित गोल विहिन भएर घर फर्कने भएको हो।

प्रतिक्रिया