Bisal Chautari Logo

सन् २०१८ हुने विश्वकप फूटबलमा कुन–कुन देश छनोट भए अहिलेसम्म

- २१ भाद्र २०७४, बुधबार १०:२७ मा प्रकाशित


 selected countries in the World Cup Football
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र २१ बुधबार । सन २०१८ मा रसियामा हुने विश्वकप फूटबलका लागि अहिलेसम्म आठ राष्ट्र छनौट भइसकेका छन्।
छनौट भएका आठमध्ये चार राष्ट्र एसियाबाट छन्। एसियाबाट छनौट भइसकेका राष्ट्रहरुमा इरान, जापान, दक्षिण कोरिया र साउदी अरेबिया हुन्। त्यसबाहेक रसिया आयोजक राष्ट्रका हिसाबले स्वतः छनौट भइसकेको छ।
विश्वकप छनौटका लागि भएको एएफसी थर्ड राउन्ड ग्रुप एको विजेता भएर इरान र ग्रुप बीको विजेता भएर जापान विश्वकपमा छनौट भएका हुन्। त्यसै गरी दक्षिण कोरिया ग्रुप एको रनर्स अप र साउदी अरेबिया ग्रुप बीको रनर्स अप थियो।
त्यसबाहेक दक्षिण अमेरिकाबाट ब्राजिल र कन्काकाफबाट मेक्सिको छनौट भइसकेको छ भने युरोपबाट बेल्जियम पनि छनौट भइसकेको छ।

प्रतिक्रिया