Bisal Chautari Logo

गाईको मासुलाई जरायोको सुकुटी भन्दै यसरी बेच्छन्

- २७ मंसिर २०७४, बुधबार ०८:१४ मा प्रकाशित


Cow meat
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २७ बुधवार । दाङमा गाईको मासुलाई जरायोको भन्दै बेच्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । देउखुरीको राजपुरमा गाई काट्दै गरेको बेला उनीहरुलाई मंगलवार प्रहरीले रंगेहात पक्रउ गरेको हो ।
                                                                                                                        फाइल फोटो

स्थानीय बासी ३९ बर्षी वीरसिंह थापा सहित सात जना पक्रउ परेको हो । मुख्या योजनाकारको मात्रै प्रहरीले नाम बताएका छन् भने अरु छ जनाको भने नाम सार्वजानी गरेको छैन ।
गाईको मासुलाई जरायोको सुकुटी भन्दै बेचेको खुलासा भएको प्रहरीले जनाएको छ । उनीहरुलाई राजपुर गाँउपालिका वडा नम्बर ७ मा तीन वटा गार्ई काट्दै गरेको बेला रंगेहात पक्रउ गरेको जिल्ला प्रहरी उपनीक्षक दुर्ग सिंहले जानकारी दिईन ।
घटना स्थलबाट एकथान भरुवा बन्दुक बरामत भएको एसपी सिंहले बताइन । पक्राउ पर्नेहरुको बारेमा अनुसान्धान भईरहेको प्रहरीले बताएको छ । अस्थाई प्रहरी पोष्ट डगरामबाट असई गोविन्द बहादुर थापाको टोलीले पक्राउ गेरेको थियो ।

प्रतिक्रिया